Simta
Simta
lekbesi

प्रधानमन्त्री रिसाएपछि नेकपा स्थायी समिति बैठक अनिश्चित ,

Gurvakot

वैशाख २४ काठमान्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भोलि बस्ने स्थायी कमिटीको बैठक अनिश्चित भएको छ ।

आज प्रधानमन्त्री निवास वालुवाटारमा सचिवालय को बैठकमा नेताहरु बीच सहमति नजुटेपछि बैठक अनिश्चित बनेको हो ।

बैठकको एजेन्डाबारे दुई अध्यक्षबीच अझै छलफल बाँकी रहेको प्रवक्ता नारायण् काजि श्रेष्ठले जानकारी दिए ।

lekbesi

तेस्तै नेता श्रेष्ठले स्वास्थ्य र व्यस्तताका कारण अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा पूरा समय उपस्थित नभएकोले आजको बैठकमा विस्तृत छलफल हुन नसकेको उनले बताए ।

तर वालुवाटार श्रोतका अनुसार भने एजेन्डाको विषयमा विवाद भएपछि प्रधानमन्त्री ओली बाहिरिएका थिए ।

ओली करिब एक घण्टा पछि बैठकमा फर्कीएपछि आजको सचिवालय बैठक सकीएको थियो ।

Simta