Simta
Simta
lekbesi

एक जिल्लाबाट अर्को जिल्लामा जान नमिल्ने सवारी पास रद्ध,

Gurvakot

वैशाख ३० ,काठमान्डौ – गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जान नमिल्ने गरि सवारी पास रद्ध,गरेको छ ।

नेपालमा कोरोना संक्रमित बढ्न थालेपछि गृहले मंगलबार सो निर्णय गरेको हो ।

सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहमन्त्रालयले जनाएको छ ।

lekbesi

यो नियम जेठ १ गतेबाट लागु हुने गरि मन्त्रालयले बताएको छ ।

काठमान्डौमा पास लिएर हिड्नेहरु बढेका छन् भने राजधानीमा केहि पसलहरु समेत खुलेका छन् ।

महामारी बढ्ने भन्दै काठमान्डौमा लकडाउन खुकुलो बनाएको प्रति प्रधानमन्त्रीले आजको बैठकमा असन्तुस्ट जनाएका थिए ।

आज मात्र नेपालमा ५७ जनामा कोरोना संक्रमण फेला परेको छ ति मध्ये ४ पत्रकार र एक स्वास्थ्यकर्मी छन् । तेस्तै सिमानामा कडाई नहुँदा नेपालमा संक्रमण बढेको छ ।

Simta