नेपालमा आज मात्र ९ जना कोरोना संक्रमित थपिए ,

जेठ ३ ,काठमान्डौ – कपिलवस्तुमा थप तिन जना कोरोन संक्रमित फेलापरेका छन् ।

संक्रमित हुनेहरुमा शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४, ४४ वर्षका पुरुषहरु रहेका छन् ।

आज बिहान मात्रै बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा पनि ६ जना नयाँ संक्रमितको पुष्टि भएको थियो ।

lekbesi

योसँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या २७६ पुगेको छ ।