अछाम कमलबजारका एक नेपालीको भारतको पुणेमा मृतु ,
जेठ ७ ,भारत – भारतको पुणेमा एक नेपालिको मृतु भएको छ । अछाम कमलबजजार नगरपालिका वडान १० लाचि निवासी धर्म अछामि दमाईको भारतमा मृतु भएको हो ।
भारतको पुणे धानोरिमा काम गर्दै आएका धर्म अछामि दमाईको महाराष्ट्र पुणे ससुन हष्पिटलमा उपचारको क्रममा निधन भएको अखिल भारत नेपाली एकता मञ्च पुणे नगर समिति सचिव पारस रावतले जानकारी गराए ।
मृतक ३५ वर्षीय धर्म अछामि दमाई किड्नीको बिरामी रहेको र विगत दुई वर्षबाट पुणेको ससुन हस्पिटलमा उपचार गरिरहेको अवस्थामा हिजो राति १० बजे अस्पतालले उनलाई मृतक घोषित गरेको मृतकका भाई तपेन्द्र अछामि दमाईले जानकारी दिए ।
धर्म दमाइका श्रीमती दुई छोरा एक छोरी छन्। उनीहरु भारतमा अलपत्र परेका छन् मृतकको शवलाई आजै दाहासंस्कार गरिने पारस रावतले हामीले जानकारी दिए।