सरकारले खाडीबाट तत्काल २० हजार नेपालि फिर्ता ल्याउने ,
जेठ ७ ,काठमान्डौ – खाडि मुलुकबाट तत्काल स्वदेश ल्याउने नेपालीहरुमा २० हजारलाई सरकारले प्रथामिकतामा राखेको छ।
खाडीका दुतावासले यो विवरण परराष्ट्र मन्त्रालयलाई पठाइसकेका छन् ।भिसा अवधि सकिएका, गैरकानुनी बसेका र काम गर्न नसक्ने अवस्थामा पुगेका ती नेपालीलाई तत्काल स्वेदश ल्याउनुपर्ने अवस्था रहेको सरकारले बताएको छ ।
दूतावासहरूले डिपोर्टेसन सेन्टरमा रहेका, खाने र बस्ने प्रबन्ध नमिलेका, गर्भवती महिला, गैरकानुनी कामदार, विद्यार्थी र बिरामीलाई स्वदेश पठाउनुपर्ने विवरण उपलब्ध गराएका हो ।
फिर्ता ल्याउनुपर्नेमा सबैभन्दा बढी साउदी अरबबाट कम्तीमा ८ हजार, मलेसियाबाट ७ हजार, कुवेतबाट ३५ सय, संयुक्त अरब इमिरेट्स (यूएई) बाट १५ सय र कतारबाट एक हजार जना छन् ।
साउदीमा २० हजार जना घर पठाउनुपर्ने भए पनि ८ हजार जनालाई प्राथमिकतामा राखिएको छ ।
दूतावासहरूले सम्पर्कमा आएकामध्येबाट अवस्थाको पहिचान गरिरहेको छ । अहिले निकै अफ्टेरोमा परेकाहरुको विवरण तयारी भईरहेको छ।
सरकारको अझै स्पस्ट नीति पनि बनिसकेको छैन बिदामा जाने, रोजगारी गुमेका, भिजिट भिसा, आवासीय भिसा रद्द भइसकेका कामदारहरू निकै जना सम्पर्कमा छन् ।
जसको आधारमा तेस्मध्य प्राथमिकताका आधारमा सूची बनिरहेको । करार अवधि समाप्त भइसकेका कामदारले स्वदेश लैजाने वातावरण बनाइदिन दूतावासहरूलाई आग्रह गरिरहेका छन् ।
गन्तव्य देशका सरकारले पनि करार अवधि समाप्त गरी रोजगारदातासँग सम्बन्ध कायम नभएकालाई कम्पनीको टिकटमै स्वदेश पठाउने व्यवस्थापन गर्न दूतावासलाई दबाब बढाइरहेका छन् ।
कुवेतस्थित नेपाली दूतावासले नेपाल पठाउनका लागि क्याम्पमा राखिएका कामदारलाई तत्काल उद्धार गर्ने व्यवस्थापन गर्न परराष्ट्रलाई अनुरोध गरेको छ ।
कुवेतले अप्रिल २६ देखि गैरकानुनी हैसियतमा बसेका कम्तीमा ३५ सय नेपालीलाई स्वदेश फिर्ता गर्ने सबै प्रक्रिया पूरा गरी सुरक्षा घेराभित्रको क्याम्पमा राखेको छ ।
नेपालले उडान अनुमति दियो भने आफ्नो खर्चमा चार्टर विमानमार्फत उनीहरुलाई नेपाल पठाउने छ। क्याम्प भित्र रहेका नेपालीहरु बिरामी हुन थालेका छन् ,उनीहरुलाई बस्न खानमा पनि समस्या छ।
ठुलो संख्यामा रहेका नेपालीलाई बस्न खानको निकै कठिनाई भएको बताईएको छ। तेस्तै हिजोको संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट नेपाली ल्याउने तेस्को लागि गृहकार्य भईरहेको पनि बताएका थिए। तर उनीहरुलाई भने जस्तो गरि सबैलाई हवार ह्वारती ल्याउन नसकिने बताएका थिए।