सुर्खेतको सुब्बाकुनामा रातभरी जंगलमा यसरि सुतेका छन् नागरिक ,

जेठ १३ ,काठमान्डौ – कर्णाली प्रदेश सरकार कँहा चुक्यो भन्ने त आम प्रश्न छन् तर यो सुर्खेत वीरेन्द्रनगर सुब्बकुनाको तस्विरले पनि एक गम्भीर प्रश्न गर्दछ।

सुर्खेतबाट झन्डै ४ किलोमिटर दुरीमा पर्ने सुब्बाकुनामा भारतबाट आएका कर्णालीका नागरिक रातभरी खुल्ला आकाशमा सुतिरहेका छन्।

श्रीनगर, जलन्धर, सिम्ला पुगेर कर्णाली पहाडका गाँउका नागरिक हिडेर नेपालको सिमानामा आएर महिनौ अलपत्र र रातभर सडकमा आए।

lekbesi

रुपैडिहा नाकाबाट ,बबई हुँदै सुर्खेत लान्छु भन्ने सरकारले यी नागरकिक किन फेरी अलपत्रमा पार्यो भन्ने आम नेपालि नागरिकको प्रश्न छ।

कर्णाली प्रदेश सरकारले संक्रमण फैलिनु भन्दानै आफ्ना नागरिकलाई उद्दार गरेको भए आज २३ जनामा कोरोना संक्रमण देखिने थिअएनकि भन्ने प्रश्न पनि छ तर तेसो हुन सकेन।

प्रदेशमा हातमा सप्पल र गैंतीले निकालेको रगत पसिनाले बनेका कर्णालीका २४ जना माननीयले आज सम्म कति कुन स्थानमा क्वारेईनटाईन निर्माण गरे र उद्दार गरे भन्ने यो ताजा घटना हो।

तत्कालै यी नागरिकको उद्दार गरि सुरक्षित क्वारेईनटाईनमा राख्न अनुरोध गरिन्छ। अहिलेझन्डै २ हजारको हाराहारिमा प्रवेश गरेका नागरिकलाई वेवास्थापन गर्न नसक्ने कर्णाली सरकारले के ३० हजारको सामना गर्न सक्छ त।