Gold
Bangad salyan

रुकुम सिस्ने गाउँपालिकामा कार्यरत कार्यालय सहायक मृत भएपछि पत्रकारलाई पक्राउ पुर्जी जारि

असार ५

Salyan

रुकुम पुर्व – रुकुम पूर्वको सिस्ने गाउँपालिकामा कार्यरत कार्यालय सहायक २३ वर्षीया कोइली शाह मृत अवस्थामा फेला परेको घटनामा एक जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार घटनामा संलग्न रहेको आशंकामा पत्रकार परिचन्द्र खत्रीमाथि आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ पुर्जी जारी गरिएको हो ।

प्रहरी प्रमुख डिएसपी उमाशंकरप्रसाद यादवले तीन दिनअघि नै जिल्ला अदालतबाट अनुमति लिएर खत्रीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको जानकारी दिए ।

‘पत्रकार खत्रीविरुद्ध दुई–तीन दिनअघि नै अदालतबाट पक्राउ अनुमति लिइसकिएको हो,’ डिएसपी यादवले भने, ‘हाल उनी मोबाइल स्विच अफ गरेर फरार छन्, खोजी कार्य जारी छ ।

 

यसअघि मृतक शाहको परिवारले आत्महत्या दुरुत्साहनको आशंकामा जाहेरी दिएको थियो । सोही उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

शाह असार २८ गते बिहान आफ्नै डेरामा मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले बन्द कोठाको ढोका खोलेर हेर्दा सल (दोपट्टा) झुन्डिएको देखिए पनि शव भने भुईँमा लडेको अवस्थामा फेला परेको जानकारी दिएको छ ।

पोष्टमार्टमपश्चात शव परिवारलाई बुझाइएको थियो भने अन्तिम संस्कार समेत भइसकेको छ ।