नेपाल चलचित्र नृत्यसंघ द्वारा कलाकारलाई राहत वितरण ,

जेठ २१ ,काठमान्डौ – नेपाल चलचित्र नृत्य संघ मैतिदेबी काठमाडौले कलाकारलाई राहत वितरण गरको छ।

कोरोना महामारीको रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लकडाउनमा कर्म गर्न नपाएका चलचित्र कलाकार म्युजिक भिडियोमा नृत्य गर्ने कलाकारलाई संघले राहत वितरण गरेको हो।

संघले १५० कलाकारलाई राहत वितरण गरेको यो सातौ पटक ह। अग्रज नृत्य निर्देशक कमल राई ,गोबिन्द राई,हास्य कलाकार जितु नेपाल सगर लम्साल बले (बरिस्ठ निर्देशक) नृत्य संघ महासचिव शिव बिक ,नायक पल शाह,सिखर दिप येग्रो पार्ली लगायतको टिमले राहत वितरण गरेको हो।

lekbesi

राहत वितरण उपलब्धमा नृत्य संघका ,कोषाअध्य्क्ष कलाकार सदस्यहरु जुटेका छन्।छुटेका कलाकार भाईबहिनीलाई थप राहत उपलब्ध गराईने पनि शिब बिकले बताए।