आन्तरिक र अन्तर्राष्ट्रिय उडान असार २१ गतेसम्म बन्द ,

जेठ ३२ ,काठमान्डौ – सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई असार २१ गते सम्म रोक लगाएको छ ।

मन्त्रिपरिषद्को निर्णय बमोजिम नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आइतबार उक्त निर्णय गर्दै ५ जुलाई सम्म उडान स्थगित गरेको जनाएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार, जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।

lekbesi

यसअघि सरकारले आज (जेठ ३२ गते) सम्मलाई आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानमा रोक लगाएको थियो ।

स्वदेश फिर्ता हुनेलाई उद्दार गर्न, स्वास्थ्य सामग्री ल्याउन तथा सुरक्षाका उडानहरु भने विशेष अनुमति लिएर सञ्चालन हुनसक्ने क्यानले जनाएको छ ।

हालसम्म काठमाडौंबाट आन्तरिक र अन्तर्राष्ट्रिय गरी कम्तीमा डेढ सय उडान भइसकेका छन् ।

यसैबीच विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न सरकारले अनुमति दिएपछि आइतबार नेपाल वायुसेवा निगमले बंगलादेशका लागि पहिलो चार्टर उडान गरेको छ।