क्वारेन्टिनमा सामूहिक बला,त्कार, दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन ,

असार २ ,काठमान्डौ – कैलालीको चुहा नगरपालिका क्वारेन्टिनमा बसेकी ३१ वर्षीय महिलालाई ब,लात्कार गर्ने दोषीलाई का,रबाहीको माग गर्दै सोमबार कैलालीको लम्की बजारमा प्रदर्शन गरिएको छ ।

प्रहरीले घ,टनामा संलग्न भएको आरोपमा लम्कीचुहा नगरपालिका–१ स्थित शहीद स्मृति माविको क्वारेन्टिनबाट स्थानीय २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्ष्मण विक र १८ वर्षीय सर्जन विकलाई शुक्रबार प,क्राउ गरेको थियो ।

प,क्राउ परेका मध्ये किशोर स्वास्थ्यकर्मी स्वयम्सेवक हुन् । अन्य पनि क्वारेन्टिनमा खटिएका स्वयम्सेवक हुन् ।

lekbesi

उनीहरुलाई जिल्ला अदालत, कैलालीले करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि ७ दिनको म्याद दिएको हो ।

घटनाको विरोध गर्दै आईतबार लम्कीचुहा नगरपालिका,१ को कार्यालयसमेत तोडफोड गरिएको छ केहिदिन अगाडी भारतको बैंगलोरबाट आएकि ति महिला क्वारेईनटाईनमा बसेकी थिइन् ।

अन्य सबै घर फर्किसकेका थिए ति महिला क्वारेईन टाईनमा यक्लै थिइन् ।उनलाई बसेको कोठाबाट अर्को कोठामा बस्न आग्रह गरेपछि उनले तेसै गरिन ।

तेही मौका छोपी माथि नाम उल्लेखित स्वयसेवक र स्वास्थ्यकर्मीले सामुहिक बलात्कार गरि एक जनाले भिडियो खिचेर महिलाबाट पैसा मागेको र पैसा नदिए भिडियो सार्वजनिक गरिदिने समेत बताएको पिडित महिलालले बयान दिएकि छिन् ।

लम्कीचुहाका नगर प्रमुख महादेव बजगाईंले घटनाको सत्यतथ्य छानबिन र संलग्नलाई कारबाही गर्न अपराधीलाई कानुनी कठघरामा उभ्याएर कडा कारबाही गर्न आफुहरु संवेदनशील भएको बताए । वडाध्यक्षले घटना सामसुम बनाउन खोजेको भन्दै राजीनामा माग पनि गरिएको छ ।