दीपक मनाङेले दिए राजीनामा,
असार ८ ,पोखरा – गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) ले अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् ।
समितिका सभापति दीपक कोइरालालाई आइतबार राजीनामा बुझाएको उनले बताए । क्रसर उद्योग विकास निर्माणमा भएको अनियमिता सम्बन्धमा आफूले पटक- पटक कुरा उठाउदा कुनै सुनुवाई नभएपछि आफूले राजिनामा दिन बाध्य भएको दीपकले बताए।
पाएको अधिकार प्रयोग गर्न नसक्ने समितिमा बसेर कामै छैन,उनले भने, ‘केही पनि गर्न नसक्ने भएपछि राजीनामा दिए ।’ समितिको अध्यक्ष युवा नै भएको र काम गर्न खोजे पनि उनको मात्रै नचल्ने सांसद गुरुङको भनाइ छ ।
कास्की र तनहुँको सीमाना कोत्रेमा राजमार्ग नजिकै खोलिएको क्रसर उद्योगको बारेमा समितिको बैठकमा बारम्बार कुरा उठाउदा मुख्यमन्त्री तेहीबाटो हिडदा पनि गुन्मान हुनु क्रसरले दोहन गरेको नादेख्नुले यसमा प्रदेश सरकार र प्रहरीनै मिलेको उनले बताए।
संघीयताको मर्मविपरित् प्रदेशका मन्त्री माथिबाट चुनिएर आउँदा प्रदेश सांसदले मन्त्री चुन्ने आफ्नो अधिकार प्रयोग गर्न नपाएको उनको दाबी छ ।
चाहिने, नचाहिने मान्छेलाई माथिबाटै मन्त्री र सांसद तोकेर पठाएको छ ‘नेपालमा संघीयता आएकै छैन,’दिपकले भने।