नेपालको जनसंख्या कति पुग्यो थाहा पाउनुहोस ,

असार १२ ,काठमान्डौ – नेपालको जनसंख्या ३ करोड नाघेको छ। केन्द्रीय तथ्यांक विभागको जनसंख्या घडीमा शुक्रबार मध्यान्ह नेपालको जनसंख्या ३ करोड ६३४ जना देखाइएको छ ।

यो वैज्ञानिक आधारमा प्रक्षेपण गरिएको जनसंख्या रहेको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए। यो घडी २०६८ को जनगणनाको आधारमा सेट गरिएको हो ।

घडीले जन्मदर, मृत्युदर र बसाईसराई दरको आधारमा जनसंख्या देखाउँछ । २०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ५४ हजार ५०४ थियो ।

१२ औं राष्ट्रिय जनगणना २०७८ असारमा हुँदैछ । आज भोलि नेपालि जतातै बोल्ने बोलि भनेको ३ करोड गरिएपनि अब भने नेपालको जनसंख्या एकिन गरिएको जनसंख्याका प्राध्यापक डा. योगेन्द्रबहादुर गुरुङले जानकारी दिए।

तेस्तै तथ्यांक विभागले दैनिक जनसंख्या वृद्धि १ हजारदेखि एक हजार एक सय रहेको जनाएको छ।

यो जनसंख्या वृद्धिदर घट्दो क्रममा हो ,जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा छ । बसाइसराइ अनुपातमा भने तेती फरक नआएको विभागका निर्देशक ढुण्डीराज लामिछानेउनले जानकारी दिए ।

श्रम बजारमा १५ देखि ६० वर्षलाई उत्पादनशील जनसंख्या मानिन्छ । नेपालका झण्डै दुई तिहाई जनसंख्या १५ वर्षदेखि ६४ वर्ष उमेर समूहका रहेको छन् ।

देशले आर्थिक समृद्धि हासिल गर्नका लागि सबैभन्दा उपयुक्त जनसंख्याको आकार यही हो ,नेपाल जनसंख्यामा यस्तो अनुकुलकता सधैं नआउने प्राध्यापक डा. योगेन्द्रबहादुर गुरुङ बताउँछन् ।