नेकपा बैठकमा प्रधानमन्त्री अनुपस्थित ,
असार १२ ,काठमान्डौ – आजको स्थायी समिति बैठक प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन्।
ओली वालुवाटारमै अन्य काममा ब्यस्त भएपछि नेकपा अध्यक्ष प्रचण्डले बैठक संचालन गरेका हुन्।
बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको छ ,आज समितिको दोश्रो बैठक हो भने नेताहरिले विभिन्न एजेण्डामा केन्द्रित रहेर धारणा राख्ने क्रम सुरु भएको छ।
आज कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार,नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा,पार्टी कामको समीक्षा र संगठनात्मक एकताका बाँकी कामहरू सम्पन्न गर्ने र एमसीसी र विविध गरी प्रमुख सात एजेण्डामा छलफल हुने नेकपाले जनाएको छ ।
तसर्थ आफ्नो धारणा राख्नेबेला सम्म प्रधानमन्त्री पनि बैठकमा आईपुग्ने वालुवाटार श्रोतले जनाएको हो।
दुई अध्यक्ष बीचको सल्लाहअनुसार नै बैठकको अध्यक्षता प्रचण्डले गर्ने र महासचिव पौडेलले बैठक सञ्चालन गर्ने तय भएको नेकपा स्रोतले जनाएको छ।