नेपालमा कोरोना संक्रमणको संख्या १५७८४ पुग्यो ,
असार २१ ,काठमान्डौ -नेपालमा थप आज २ सय ९३ जना कोरोना संक्रमित थपिएका छन् यो संगै संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।
त्यस्तै गत २४ घन्टामा १ सय ३२ जना कोरोनाबाट मुक्त भएका छन्। यो संगै हालसम्म ६ हजार ५ सय ४७ जना कोरोनालैइ जितेर घर फर्केका छन्।
हाल सम्म मन्त्रालयले २ लाख ५१ हजार ७ जनाको पीसीआर परिक्षण गरेको बताएको छ।
गत २४ घन्टामा ४ हजार ७ सय १० जनाको पीसीआर परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेस्वर गौतमले जानकारी दिए।