प्रधानमन्त्रीको अयोध्या नेकपा नेता आलोचनामा परराष्ट्रको स्पष्टीकरण,

असार ३० ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको अयोध्या अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिएको छ ।

मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिएको बताएको छ ।

‘प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावनामा चोट पुर्‍याउने आशय थिएन परराष्ट्र मन्त्रालयको जारि विज्ञप्तिमा भनिएको छ ।

lekbesi

प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मबारे भानु जयन्तिको अवसरमा सोमबार दिएको अभिव्यक्ति प्रति नेपाल र भारतबाट टिकाटिप्पणी र आलोचना भएको छ।

उक्त विषयमा कसैको भावनामा ठेस पुर्‍याउने आशयमा व्यक्त नभएको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको हो ।

आयोजित कार्यक्रममा राम नेपालकै भएको र रामको जन्मभूमि अयोध्या नेपालको ठोरीमा रहेको दाबी गरेका थिए ।

प्रधानमन्त्रीले रामले उपस्थिति जनाएको ठूलो सांस्कृतिक भूभाग र धनी सभ्यताको थप अध्ययन तथा अनुसन्धान हुनुपर्नेमा जोड दिएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।‘

प्रधानमन्त्रीको टिप्पणीले अयोध्याको महत्व र साँस्कृतिक मूल्यलाई अवमूल्यन गर्ने उद्देश्य राखेको छैन’ विज्ञप्तिमा भनिएको छ ।