कांग्रेस बैठक सुरु , पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयमा छल -फल ,,
वैशाख,१६ काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक सुरु भएको छ । चैत ९ गते गते सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक नेता खुमबहादुर खड्काको निधनपछि केही समय स्थगित गरिएको थियो ।
बैठकमा महामन्त्री डा. शशांक कोइरालाले पार्टीको भावी रणनीतिसहितको प्रतिवेदन पेश गरेका छन् । उक्त प्रतिवेदनमा महामन्त्री कोइरालाले आउँदो जेठमा जिल्ला सभापतिहरुको भेला र भदौमा महासमिति बैठक गर्ने प्रस्ताव गरेका छन् ।
पार्टीले चुनावमा ब्यहोरेको हारको जिम्मेवारी कसले लिने भन्ने विषयमा विवाद हुँदा आइतबारको बैठक ढिला भएको हो । केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले सम्बोधन गरेपछि बैठक सम्पन्न हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
नेपालि कांग्रेसले अहिलेको प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव मा हार बेहोर्न परेको छ ।यसको विषयमा पार्टी भित्रै खैला बैला मचियको छ ।
पार्टीले हार बेहोरे पछि यसको जिम्मा पार्टी सभापति शेर बहादुर देउवाले जिम्मा लिन पर्ने भन्ने गरि सबै नेताले आरोप लगायका छन् । तर देउवा भने यसको जिम्मा नलिने पक्षमा छन् ।
जित हार हुनु स्वाभाविक हो ।तर जब शेर बहादुर देउवा प्रधानमन्त्री हुन्छन पार्टी हार्छ भन्दै रामचन्द्र पौडेल लगायत अन्य नेताले आरोप लगायका छन्।
पार्टीले अबको आउदो चुनावमा कसरि जित हासिल गर्न सकिन्छ ,र पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयमा गम्भीर छल फल गरिरहेको छ।