प्रकृतिपूजक जातिको गौरवमय उभौली पर्व, यस्तो छ ईतिहास ,,
वैशाख १७ ,, प्रकृतिपूजक किरात जातिले मनाउने प्रसिद्ध पर्व आज उभौली हो । किरातहरूको यो पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ । यो पर्व वैशाख शुल्क पुर्णिमा देखि एक महिना सम्म मनाउने गरिन्छ ।
यो पर्व ऋतु परिवर्तनको संकेत दिने पर्व पनि हो । वसन्त ऋतुमा पर्ने उभौलीमा साकेला चण्डी नाच नाचिन्छ । प्रकृतिको आराधना
नाचो देखायरगरिन्छ । चण्डी नाच नाचिने भएकाले यो दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।
यो दिनलाई सुम्निमा अर्थात् पार्वतीको सृष्टि भएको दिन मानिन्छ । त्यसैले यो पर्व सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण छ ।
उभौली पर्व मौसमसँग सम्बन्धित छ । दिन लामो हुन थालेपछि अर्थात् गर्मी महिनाको सुरुआतसँगै चिसो भूभागतर्फ उकालो लाग्ने गोठाले युगको सम्झना पनि गराउँछ यो पर्वले ।
अन्नबाली सप्रियोस्, बालीनाली राम्रो लागोस्, पृथ्वीमा कहीँ कतै खाद्यान्न कमी नहोस्, सबैमा सुख–शान्ति–सुस्वास्थ्य रहोस्, दैवीप्रकोप तथा विपत्तिहरू नआऊन् भन्ने शुभ भाव लुकेको हुन्छ यो पर्वमा ।
किरात समुदायले मनाउने उभौली र उधौली पर्व कृषि तथा पशुपालनसँग सम्बन्धित छन् । आज वैशाख शुक्ल पूर्णिमा उभौली हो भने मंसिर शुक्ल पूर्णिमा उधौली हो । उभौलीमा लगाइएको बाली उधौलीमा भित्र्याइन्छ ।
सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टि जगत्को रक्षा गर्छन् भन्ने विश्वास छ । त्यसैले उभौली सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामनाका साथ मनाइन्छ । आजको दिन बालिनालीका रक्षक तत्वहरू प्रकृति, हावापानी, देवीदेवता र पृथ्वीको पूजा गरिन्छ ।
यो पर्व मनाउदा बालक देखि बुढा सम्म कालो कोट, दौरा, सुरुवाल, बुकी फूल सिउरिएर, खुकुरी भिरेर नेपाली टोपीमा ठाँटिएर पुरुषहरू साकेला सिलीमा ताल मिलाउँदै गोलबन्द भएर नाच्ने गर्दछन भने ,महिला हरु पनि कम्मरमा पटुकी कसेर चौबन्दी चोली सजायर
पुरुष हरुलाई ईशारा गर्दै नाच्छन् ।
साथै उनि हरुले उत्पादन गरेका अन्न बालि हरुलाई पनि कार्यक्रममा प्रस्तुत गर्ने गर्दछन ।