केपी ओलीको सक्रियतामा एमाले दर्ता भएको हो प्रचण्ड ,

साउन ९ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीकै पहलमा नेकपा (एमाले) नामक नयाँ दल दर्ताका भएको दाबि गरेका छन्।

मैले सार्वजनिक रुपमा पहिले पनि भनेको छु यो पार्टी संकटमा छ । किनकी पार्टीको बैठक चल्दाचल्दै निर्वाचन आयोगमा नेकपा (एमाले) को नाममा पार्टी दर्ताको प्रक्रिया हाम्रो पार्टीका अर्का अध्यक्षस मेतको सक्रियता र पहलमा भएको छ।

त्यसकार यसले संकटलाई संकेत गरेको छ यो सबैले देखेको कुरा हो। पार्टीको बैठक चल्दा खेरिनै प्रधानमन्त्रीले कार्यकर्तालाई जिन्दावाद र मुर्दावादको नारा लगाउन लगाएको पनि प्रचण्डले बताए।

पार्टीको ६ – ६ महिना बस्नुपर्ने केन्द्रिय बैठक दुई वर्ष सम्म समेत बस्न सकेको छैन पार्टी बैठक हुननसक्दा सामुहिक छलफल हुनसकेको छैन पार्टी भनेको विवेक हो।

सरकार भनेको सत्ता हो’, प्रचण्डले भने ‘विवेकले सत्ताको नेतृत्व गर्नुपर्छ। यो भनेको पार्टीले सरकारको नेतृत्व गर्नुपर्छ भनेको हो।

सत्ताले पार्टीको नेतृत्व गर्ने होइन। तेस्तै प्रचण्डले भनेका छन् चोचोमोचो गरेर पार्टी एकताहुन सक्दैन।

‘एकता चोचोमोचो मिलाएर होइन संघर्षबाट हुन्छ’, उनले भने, ‘संघर्ष र बहस बाहिर गएर माला जपेर एकता हुँदैन।

तेस्तै एकताका लागि संघर्ष जरुरी भएको र रुपान्तरणका लागि नयाँ आधारमा एकता हुनुपर्नेमा प्रचण्डले जोड दिए।

,