पर्सामा पत्रकार प्रहरीसहित थप ७३ जनामा कोरोना संक्रमणको पुस्टि ,
साउन १९ ,वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा ६१ जना पुरुष र १२ जना महिला रहेको नारायणी अस्पताल श्रोतले जनाएको छ।
संक्रमित हुनेमा १० वर्षकी बालिकादेखि ६७ वर्षकी वृद्ध महिला रहेका छन् ।
संक्रमित ट्रेसिङ, एक घर एक परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा परेका रहेका नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले जानकारी दिए ।योसँगै पर्सामा संक्रमितको संख्या ५ सय ८० पुगेको छ ।
संक्रमित र मृतकको संख्या बढ्न थालेपछि पर्सामा जिल्लाभर नै निषेधाज्ञा जारी गरिएको छ ।