नेकपा संग: महाअवसर र गम्भीर चुनौती ,
साउन १९ ,काठमान्डौ – कम्युनिष्टहरु नीति र बिधि लाई प्रधान मान्छन ।कम्युनिष्टहरु जालजेल ,छलछाम र षड्यन्त्र गर्दैनन् क्रान्तिकारी र स्पस्ट हुन्छन् भनिन्छ ।
कम्युनिष्ट शासनमा जनताको अधिनायकत्व हुन्छ।यावत थुप्रै आदर्शवान कुराहरु ? ब्यवहारिक रूपमा लालगद्दार अहिले नेपालको सन्दर्भमा हेर्ने हो भने कम्युनिष्ट पार्टीका नेताकार्यकर्ता मा त्यो चरित्र पाउछौ।
सर्वाहारा वर्गीय जनतालाई मागी खाने भाडो बनाएका छन नेपालमा कम्युनिष्ट राजनीति गर्ने प्राइभेट ब्रान्डहरुले।
माग्ने बेला सम्म त्यो भाडोको उपयोग गरिरहने आफुलाइ चिज प्राप्त भयो भने भाडो मिल्काइदिने वास्तै नगर्ने सस्कार नेपाली कम्युनिष्ट राजनीतिमा देखा परेको छ।
यस्तो प्रकारको सस्कारले कम्युनिष्ट राजनीतिमा खिया लगाइरहेको छ।कम्युनिष्ट बिचार बोक्नेहरु भ्रष्टाचार देखि टाढा हुन्छन् तर अहिलेको परिवेश हेर्दा त्यस्तो रहेन १ नम्बर भ्रष्टाचारको लिस्टमा कम्युनिष्टका बफादार सिपाहीको नाम आउँछ।
ठेक्कापट्टा का काममा कम्युनिष्ट पार्टीका नेताहरु आफै सहभागी भै अर्बौ को रकम कुम्ल्याछन।त्यो पैसाको सहि सदुपयोग गर्ने होईन ।
त्यसरी जनताको रगत र पसिनाले कमाई गरि तिरेको तिरो बाट जनता कै लागि गएको पैसामा घोटाला गरि कुम्ल्याएको पैसाले महल बनाउने ,आफ्ना छोराछोरी लाई महङ्गो बोर्डिङ स्कुलहरुमा पढाउने,अमेरिका , अस्ट्रेलिया, जापान , चिनमा पढाउने , आफ्ना आसेपासे लाई पोस्ने आदिआदी गरिरहेका छन , कम्युनिष्टको नाममा नेता बनेका दलाल र भ्रष्टहरुले ।यस्तो परिपाटी को निरुपण हुने ठाउमा आजभोलि झन कम्युनिष्ट राजनीतिमा दलाल र भ्रष्टहरुको बिगबिगी बढ्दो छ।
सच्चा बिचारको राजनीति गर्ने इमानदार नेताकार्यकर्ताहरु अहिले तह लाग्ने परिस्थिति सिर्जना भएको छ।चाकरी र चाप्लुसी गर्नेहरु छिटो नेतृत्वको नजिक पुग्ने र पुर्ण बफादारिता प्रकट गर्ने र स्यावासी लिने गरेको पाइन्छ।
त्यस्ता ब्यक्तिहरुको सोच जसरी नि नेतृत्व लाई आफ्ना कुरामा आस्वस्त पार्ने र अवसर आफै लिने हुन्छ जसले गर्दा अहिले कम्युनिष्ट राजनीति मा खिया लागिरहेको छ।
एकजना अहिलेको नेकपा कै जिल्ला स्तर को नेताले झुठो विवरण पेश गरि इमानदार र राजनीति मा प्रतिबद्ध नेतालाई माइनस गरि आफुले नेतृत्व लिन सफल भएका छन ।
यस्ता खालका थुप्रै घटनाहरु दिनप्रतिदिन कम्युनिष्ट पार्टीमा भैराखेका छन् यसले असल र इमानदार नेताकार्यकर्ता मा चरम निराशा र तिब्र आक्रोश पैदा गरेको छ।यसले कम्युनिष्ट पार्टीलाई अकल्पनीय क्षति पुर्याइरहेको छ।
कम्युनिष्ट पार्टी पछिल्लो चरणमा जनता बाट कट्दै जाने निश्चित छ।नेताहरुमा देखिएको विलासिपनले भ्रष्टाचार तिब्र भएको पाइन्छ।
नेताहरु सोझै आफै भ्रष्टाचार गर्दैनन् उनिहरुले च्यानल बनाएका हुन्छन् त्यस्तो च्यानल उनिहरुको तलदेखी माथिल्लो तहसम्म सकृय छ।
जसरी पनि जुनसुकै ठाउको नेतृत्वमा आफू आउने आफू जस्तै भ्रष्ट ब्यक्तिलाइ नेतृत्वमा ल्याउने उनिहरुको नियम हुन्छ।त्यसो गर्दा उनिहरुलाइ सबै ठाउमा कागजी प्रक्रिया मिलाउन सजिलो हुन्छ।
यसरी हरेक कुरामा सेटिङ मिलाइ सस्थागत भ्रष्टाचार गर्न सिपालु भएका छन अहिले कम्युनिष्ट नेताहरु अनि कसरी बनोस् देश विकसित र समृद्ध?
अहिलेको निम्न पुजीवादी ब्यवस्थामा हरेक ठाउमा पुजि पहिलो प्राथमिकता मा आउँछ।अनि तिनै भ्रष्ट नेताहरुले जित्ने हुन्छ ।
यस्तै परिपाटी नेपालको सन्दर्भमा दोहोरिरहेकोले हामी जहाँको त्यही छौ।निम्नपुजिवादी राजनीतिक शक्तिको ढुलमुलेपन , क्रान्तिकारी शक्तिको अस्पष्ट नीति र कमजोर स्थितिका कारण वर्तमान समयमा कम्युनिष्टहरु कमजोर बन्दै गैराखेका छन् ।
नेपालका कम्युनिष्टहरु गम्भीर बैचारिक – राजनीतिक मतभेदका कारण २०१७ साल पछि टुक्राटुक्रामा बिभाजित छन विशेष गरि कम्युनिष्ट पार्टीमा “बिद्रोह गर्नु अधिकार हो” भन्ने क्रान्तिकारी मान्यता लागू गर्दा कम्युनिष्ट पार्टी समुहमा विभाजित हुन पुगेका हुन।
एकता र विद्रोह कम्युनिष्ट आन्दोलनको विकासप्रक्रियाको आवश्यक अङ्ग हो।इतिहासले माग गर्दा एकता र विभाजन दुबैलाइ स्विकार्नेमात्र होइन , कम्युनिष्ट क्रान्तिकारीले आवश्यकताअनुरुप दुबै स्थितिका लागि तयार हुनुपर्छ ।
एकता वा बिद्रोह जनता र देशको पक्षमा हुनुपर्नेमा अहिले त्यस्तो देखिदैन ब्यक्तिगत निहित स्वार्थ पुर्तिका लागि पार्टी फुटाउने र जुटाउने काम नेपालका विभिन्न राजनीतिक पार्टीहरुमा भैराखेको छ।
यतिबेला देश गम्भीर चुनौती र महान सम्भावनायुक्त मोडमा उभिएको छ।ढुलमुले प्रवृत्ति नेतृत्वमा देखापरेको छ भने कार्यकर्तामा बिचलन आएको छ।
यस्तो परिस्थितिमा देशको हरेक नागरिक ,सस्था र पार्टीहरुले जिम्मेवारीबोधका प्रस्तुत हुनुपर्दछ।
ठुलठुला कुरा गरेर संघर्षबाट प्राप्त उपलब्धिलाई अवमूल्यन वा ध्वस्त गर्न उद्दत हुने प्रवृत्ति र संघर्षबाट प्राप्त भएको सिमित उपलब्धिलाई फुलबुट्टा भरेर बढाइचढाइ प्रस्तुत गर्ने प्रवृत्तिबाट मुक्त हुनै पर्दछ र यी दुबै प्रकारका हानिकारक मनोगतवादी सोचका विरुद्ध संघर्ष गर्नैपर्छ ।
जो मनोगतवाद विरुद्ध संघर्ष गर्न हिचकिछाउछ, उ स्वयं मनोगतवादको सिकार हुन्छ।त्यसैले यतिखेर संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धि प्राप्त गर्नको लागि संघर्ष गर्दै अघि बढनु वर्तमान नेकपामा आजको आवश्यकता हो।
राजनीतिमा असल खराबमा बदलिन सक्छ र खराब असलमा बदलिन सक्छ।हिजोको क्रान्तिकारी आज सुधारवादी हुनसक्छ र हिजोको सुधारवादी आज क्रान्तिकारीमा बदलिन सक्छ।राजनीतिमा एकता र फुटका पछाडी वस्तुगत कारणहरु हुन्छन् ।
अहिले न कुनै नेताको लहडमा बिद्रोह सम्भव नै हुन्छ।एकता दुई भिन्न परिस्थितिमा सम्भव हुन्छ।
एक शासकवर्ग कमजोर र जनताको शक्ति बलियो भएको बेलामा पुर्ण सफलताको लागि जनताले एकताको आवश्यकता बोध गर्दछन र त्यो आवश्यकताबोध गरेर नेताहरुले एकताको पहल गर्छन् र एकता सम्भव हुन्छ।
अहिले नेपाल मा माओवादी केन्द्र र एमालेमा पनि त्यही आवश्यकताबोधका साथ पार्टी एकता सम्भव भयो।एकताले पुर्णता प्राप्त नगर्दै फुट का बाछीटाहरु देखापर्न थालेका छन् ।
जब आन्दोलन अबरुद्ध हुन्छ वा कमजोर बन्दै जान्छ र शासकवर्गले चौतर्फी हमला गर्न थाल्छ तब विघटनको शृङ्खला सुरु हुन्छ।अहिले नेकपामा आन्तरिक शक्ति संघर्ष भयंकर रूपमा चलिराखेको छ।
पद केन्द्रित संघर्ष जस्तै देखिन्छ बाहिर बाट मुल्यांकन गर्दा ।साच्चिकै स्वार्थ केन्द्रित संघर्ष चलेको भए नेकपा सकिन धेरै समय कुर्नुपर्ने छैन ।
अहिले नेकपा संग महाअबसर पनि छ।अहिलेको अन्तरबिरोध लाई सहि तरिकाले हल गर्दै लाखौं बेरोजगार युवाहरुलाइ उत्पादनमुलक कार्यमा लगाउन सकेमा देशको विकास र समृद्धि पनि हुने यसो गर्दा वर्तमान सत्ताधारी नेकपा जनतामा सयौ वर्ष स्थापित हुने देखिन्छ ।
यो महाअवसर लाई वर्तमान नेकपा आन्तरिक किचलो मा नफसी सदुपयोग गर्न अग्रसर हुनुपर्छ ।यदि यसो गर्न नसकेको खण्डमा नेकपा संग गम्भीर चुनौतीका पहाडहरु अगाडी खडा छन ।
यदि लाखौंको संख्यामा रहेको युवा जनशक्तिलाई ब्यवस्थापन गर्न नसकेको खण्डमा नेपालमा भयंकर विद्रोहको सम्भावना छ।
त्यतिखेर युवाहरूको त्यो शक्तिलाई दुनियाँको कुनै पनि तागतले रोक्न सक्नेवाला छैन।त्यसैले अहिले नेकपा आन्तरिक किचलोमा नफसी देश र जनताको हित हुने कार्यमा लाग्नुको विकल्प छैन।
किशोर सुवेदी ,
प्रेस संगठन सदस्य कर्णाली प्रदेश ,