रेशम चौधरीलाई वीर अस्पताल लगियो ,

साउन २३ ,काठमान्डौ – कैलालीको टिकापुर घटनाका दोषी ठहराईएका सांसद रेशम लाल चौधरीलाई वीर अस्पताल लागिएको छ।

डिल्लीबजार कारागारमा रहेका चौधरीलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लागिएको हो।

चौधरीको खुट्टा र मुटुमा समस्या देखिएको कारागारका एक सुरक्षाकर्मीले बताए।

टीकापुरमा थारु आन्दोलनको वेला २०७२ भदौ ७ मा ८ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो ।उक्त घटनामा रेशम चौधरीलाई मुख्य आरोपित लगाईएको छ ।

रेशम चौधरी फरार रहेकैबेला वारेसनामाबाट चुनावमा भाग लिएर २१ हजार मतले विजयी भएका थिए।

चौधरीले अदालतमा १४ फागुन २०७४ मा आत्मसमर्पण गरेको एक वर्षपछि १९ पुस २०७५ मा उनलाई सांसद पदको सपथ ग्रहण गराइएको थियो ।

जिल्ला अदालत, कैलालीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी सम्बन्धी मुद्दामा चौधरीलाई जन्मकैदको सजाय सुनाएको छ ।चौधरीको रिहाईको लागि हाल सम्म कुनैपनि पार्टीले आवाज उठाएको छैन ।