निर्वाचन आयोगमा नेकपा दर्ता प्रधानमन्त्री ओलीका फ्यान ,

भदौ ३ ,काठमान्डौ – निर्वाचन आयोगले नेकपा एमाले नाममा नयाँ पार्टी दर्ता गरेको छ ।नेकपा दर्ताको लागि गत १२ असारमा आवेदन परेको थियो ,निवेदन परेको झण्डै दुई महिनापछि आयोगले दल दर्ता गरेको हो ।

अहिले पुर्व नेकपा (एमाले) र पुर्व नेकपा (माओवादी केन्द्र) एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माण भएको छ ।हाल रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अहिले सम्म विवाद चलिरहेको छ।

वादविवादकै बीच केही महिना अगाडी मात्र नेकपा दल दर्ता गर्दा नेकपामा हलचल समेत भएको थियो भने प्रधानमन्त्री केपी शर्मा ओलीको ईशारामा नेकपा दर्ता भएको बताईएको थियो।

यो नेकपा दल दर्तामा प्रधानमन्त्री केपी शर्मा ओली र महेश बस्नेतका फ्यानहरु रहेकोले पनि ओलीकै इसारामा दल दर्ता गरिएको भन्ने सबैले अनुमान गरेका छन्।

नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका छन् । पार्टीले आफ्नो छापमा डाँडामा उदाउँदो सूर्य राखेको छ ,यो संगै नेकपा एमाले नेपालको एक सय ३२ औं पार्टी बनेको छ ।