surkhet

नेपालमा आज ८३८ जनामा कोरोना संक्रमण पुष्टि ,

surkhet

भदौ ५ ,काठमान्डौ – नेपालमा आज ८३८ जना कोरोना भाईरसका बिरामी थपिएका छन्।

देशका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ६७९ पीसीआर परिक्षणमा ५४६ पुरुष र २९२ महिलामा संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो संगै हाल सम्म नेपालमा ३० हजार ४८३ जना कोरोना संक्रमित संख्या पुगेको छ।

Dailekh
Gorkha

विगत २४ घन्टामा जम्मा २५० जना डिस्चार्ज भएका छन् ,भने कुल १८ हजार २१४ जना निको भएर घर फर्केका छन्।

आज देशभरी जम्मा सक्रिय संक्रमितको संख्या १२ हजार १३२ छ भने संस्थागत आईसोलेसनमा ८ हजार ५४६ रहेका छन्।

तेस्तै देशभर ३ हजार ५८६ जना होम आईसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ १२ हजार २३४ जना देशभरका क्वारेईनटिनमा रहेका छन्।

तेस्तै बिरामीको संख्या बढ्दै गएपछि १३३ जनाको आईसियुमा उपचार भैरहेको छ , भेन्टिलेटरमा १५ जनाको उपचार भईरहेको र ति सबै बागमती प्रदेशका हुन्।

salyan