पुजारी हत्या आरोपमा दुई जना प,क्राउ,
भदौ १५ ,रौतहट – रौतहट माधवनारायणस्थित नगरपालिका,२ खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् ।
भदौ ३ गते राति पौने ९ बजे पुजारीले आफ्नै कोठामा खाना खईरहेकोबेला कन्चटमा गोलि हानेर हत्या गरिएको थियो।
यसअघि हत्या आरोपमा शंका गरिएका ४ जनामध्येका दुई जना रामनरेश पटेल र बालकुमार पटेललाई प्रहरीले सोमबार पक्राउ गरेको हो । पुजारी हत्या भएपछि दुवै जना फरार रहेका थिए।
घटनामा संलग्न भएको आशंकामा अनुसन्धानको घेरामा रहेका देवाही गोनाही नगरपालिका,१ का वडाध्यक्ष शेख नरुल्लाह र वडा सदस्य राजेन्द्र पटेल पनि हाल फरार छन् ।
उनीहरु जनता समाजवादी पार्टीका तर्फबाट जनप्रतिनिधि हुन् । फरार रहेका राजेन्द्र पटेल सोमबार पक्राउ परेका बालकुमार पटेलका भतिजा रहेको पाईएको छ ।
आज पक्राउ गरिएका दुई जना भनेपनी प्रहरीले औपचारिक भने बताएको छैन।