कर्णाली प्रदेश र स्वास्थ्य मन्त्रालयको कोरोना संक्रमित विवरण फरक फरक ,

भदौ २४ ,सुर्खेत – कर्णाली प्रदेशमा कोरोना संक्रमितको विवरण फितलो देखिने गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कर्णाली प्रदेश सरकार सामाजिक मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको विवरणमा भिन्न रिपोर्ट देखिएको छ।
गत २४ घन्टामा कर्णाली प्रदेश सरकारले विभिन्न प्रयोग शालामा गरिएको पीसीआरको पोजेटिभ रिपोर्टमा २८ जना र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्तुत गरेको जानकारीमा २२ जना देखिन्छ।
तेस्तै स्वास्थ्य मन्त्रालयले नियमित मिडिया ब्रिफिङ्गमा सल्यान जिल्लालाई कोरोना मुक्त भनिएपनि २ जना कोरोना संक्रमित फेला परेका छन् जुन गत २४ घन्टाको विवरण हो।
कर्णाली प्रदेशमा आजको विवरण सुर्खेतमा १७, जना रूकुम पश्चिममा ४ जना दैलेख २, सल्यानमा २, जाजरकाेटमा १, मुगु १, चितवन १)
कर्णालीमा हाल २७५ संस्थागत र होम आईसोलेसनमा ८४ जना रहेको स्वास्थ्य मन्त्रालयको विवरणमा छ। कर्णाली प्रदेशका विभिन्न क्वारिन टिनमा ५५९ जना रहेको र हाल सम्म कुल २ हजार ४१० जना डिस्चार्ज रहेको बताईएको हो।
