Gold

रोल्पाम पहिरोले घर पुर्दा २ जनाको निधन दुई घाईते ,

Naumule Migrate

भदौ २७ ,काठमान्डौ – रोल्पाको लुङ्ग्रीमा पहिरोले घर पुर्दा दुई जनाको निधन भएको छ भने दुई जना घाईते भएका छन्। शुक्रबार राति आएको पहिरोले लुङ्ग्री,१ पाङको ऐपे गाउँका ज्ञानसिंह घर्तीमगरको घरको पुरेको हो।

पहिरोमा पुरिएर उनका छोराहरू ११ वर्षका युवराज र ८ वर्षका अमरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा ज्ञानसिंहकी आमा ५० वर्षकी बीरमा र पत्नी ३५ वर्षकी नन्दकली गम्भीर घाइते छन् ।

ज्ञानसिंह करिब ८ वर्षदेखि भारतमै छन् उनका १४ वर्षका जेठा छोरा आफन्तको घरमा पाहुना गएको हुँदा बच्न सफल भएका छन् । मृतकको शव निकालीएको र घाईते दुवैलाई उपचारको लागि अस्पताल लागिएको जिल्ला प्रहरी प्रमुख डीएसपी नरेश सुवेदीले बताए।

पाङ क्षेत्रमा रातभर अत्यधिक वर्षा भएको हुनाले कम्जोर जिर्ण अवस्थाको घर पहिरोले भत्काएको प्रहरीले बताएको हो।

Naumule Badhipahiro