बिजुलीका पोल पोलमा कुलमानका तस्विर टाँस्ने अभियान सुरु ,

असोज १३ हेटौडा – निवर्तमान विधुतप्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ्गको फोटो राखेर विजुलीका पोल ट्रान्समिटरमा टाँस्ने अभियान सुरु गरेको छ।

हेटौडा १० मकवानपुर कर्रा युवा समाजले आज उज्यालो नेपालका नायक कुलमान घिसिङ्गको पक्षम मेरो साथ लेखेका पोस्टर पोलमा टाँस्ने गरेको हो ।

तेस्तै उनीहरुले तिमि छौरत् उज्यालो छ नेपाल लेखका टिसर्टमा कुलमानको फोटो राखेर लगाउने गरेका छन्। दशैँ नजिकिदै गर्दा नेपालभरिनै विजुलीका पोलमा कुलमानको फोटो राख्ने उनीहरुले बताए।

चार वर्षे कार्यकाल समाप्त भएपछि गत भदौ ३० गते कुलमानलाई प्राधिकरणले बिदाई गरेको थियो। कुलमानको कार्यकाल सकिनुअगावै कुलमानको पुन: नियुक्तिकोलागि चौतर्फी प्रदर्शन गरिएको थियो तर प्रधानमन्त्री केपी शर्मा ओलीले वेवास्था गरेपछि मन्त्रिपरिषदको बैठकमा उनको कुरानै उठेन।

अहिलेपनि देशभर कुलमान घिसिङ्गलाई प्राधिकरणमा पुन: नियुक्तको माग गर्दै चौतर्फी आवाज उठेको छ। देशमा २२ घन्टाको लोडसेडिङ्ग अन्त्य गरेर जनतालाई २४ घण्टा उज्यालोमा राख्ने उज्यालो अभियान्ता कुलमानलाई सरकारले पुन: नियुक्त नगरे देशभर आन्दोलन गर्ने नागरिक बताउछन। तेस्तै कुलमान गएको एक हप्ता नाबित्तदै देशका विभिन्न स्थानमा लोडसेडिङ्ग सुरु भएको देखिन्छ ।