कोरोनाबाट पुर्वसभासदको मृत्यु ,

कार्तिक ११ ,सप्तरी – कोरोना संक्रमणबाट संविधान सभा सदस्य मानपुर चौधरीको मृत्यु भएको छ। सप्तरीको कंचनरुप नगरपालिका ४ जगतपुर निवासी उनको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार मृत्यु भएको हो ।

अर्ताधिक ज्वरो आएपछि उनलाई असोजको तेस्रो साता उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो । तेहा स्थित उनको कोरोना परिक्षण गरेपनि कोरोना संक्रमण भने पुस्टि भएको थिएन।

उपचार पछि उनलाई घर ल्याईएको थियो , ५५ बर्षीय चौधरीलाई सास लिन कठिनाइ भएपछि र स्वस्थ्यमा थप समस्या भएपछि कात्तिक २ गते राति उपचारका लागि धरान लगिएको थियो ।

सोही दिन उनको स्वाब संकलन गरेर परीक्षण गर्दा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो ।

पोजेटिभ आएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचारकै क्रममा उनको निधन भएको कंचनरुप नगरपालिकाका मेयर बसन्त कुमार मिश्रले जानकारी दिए ।

चौधरी २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।