शेरबहादुर देउवाले गरे दुख प्रकट,कोरोना संक्रमित कांग्रेस महासमिति सदस्य मण्डलको मृ,त्यु
काठमाडौं, १७ कात्तिक । कोरोना भाइरस संक्रमित नेपाली कांग्रेस बाराका महासमिति सदस्य एवं तरुण विभागका सदस्य मेदनी महतो धानुक ९मदन मण्डल० को मृत्यु भएको छ । बारा आदर्शकोटवाल गाउँपालिका–५ टेढाकटीका ४५ वर्षीय मण्डललाई थप उपचारका लागि काठमाडौं ल्याइँदै गर्दा आइतबार बिहान मृत्यु भएको नेपाली कांग्रेस बाराले जानकारी दिएको छ ।
केहि दिनदेखि श्वासप्रश्वासको समस्या देखिएका उनलाई नारायणी अस्पतालमा शनिबार गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।