९ जनाकाे समूहले पालैपालाे बलात्कार गरे १३ वर्षीया किशाेरीलाई

काठमाडौं-१७ कार्तिक । समाजमा दिन प्रतिदिन बिकृति फैलिदै गएको छ । ह,त्या हिंसा,बल,त्कार बढिरहेको छ तर सरकारले भने अझै नियन्त्रण गर्न सकेको छैन । कैलालीको लम्कीचुहा नगरपालिकासँग जोडिएको जानकी गाउँपालिका–५ अमौरी गाउँमा दसैंको चहलपहल थियो । अष्टमीका दिन गाउँमा डीजेसहित युवा नाचगान गरेर रमाइरहेका थिए । रमाइलो हेर्न बालिकाहरू पनि गएका थिए । तर घर फर्कने क्रममा ९ बजेतिर सामूहिक बला,त्कारमा परे । बला,त्कृत बालिका १३ र १४ वर्षका हुन् ।

जानकीका चार बालिका आफ्नै गाउँको अर्को टोलमा नाचगान हेरेर फर्कंदै थिए । ९ जनाको समूहमा रहेका केटाहरूले उनीहरूलाई घेरा हाले । एक बालिका घेरा हाल्ने केटामध्ये एक जनाको साथीकी बहिनी थिइन् । उनलाई साथीकी बहिनी भनेर छाडे । अर्कीलाई पनि चिनेकै भएर केही गरेनन् । दुई जनालाई बन्धक बनाए, सामान्य कुट,पिट गरे । अरू दुई बालिकालाई भने खेतमा रहेको परालको थुप्रोमा लगी पालैपालो बला,त्कार गरेको खुलेको छ ।

आफ्ना साथीलाई खेतमा लगेर बला,त्कार गरिरहेको देखेर बन्धक रहेकी एक बालिकाले घरमा एसएमएसमार्फत घट,नाको जानकारी गराइन् । परिवारले तत्कालै वडाध्यक्षलाई खबर गरे ।वडाध्यक्षसहितको टोलीले घट,नास्थलबाट उनीहरूको उद्धा,र गर्‍यो । टोली घट,नास्थल पुगेपछि सामूहिक बला,त्कारमा संलग्न युवा फ,रार भएका थिए । तर बला,त्कारमा संलग्न भएको आरो,पमा प्रहरीले ८ जनालाई घ,टना,कै राति प,क्राउ गरिसकेको थियो  ।

पक्रा,उ पर्नेमा जानकी–५ का १८ वर्षीय कृष्ण नगरकोटी र २२ वर्षीय मनोज चौधरी तथा लम्कीचुहा नगरपालिका–१ भुरुवाका १९ वर्षीय धीरेन्द्र विष्ट, १९ वर्षीय नरेश चौधरी, १८ वर्षीय रमेश शाही, १८ वर्षीय सत्यम रावल, २० वर्षीय रामबहादुर चौधरी र २१ वर्षीय महेश चौधरी छन् । १८ वर्षीय चन्द्र शाही फरार रहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुदन घिमिरेले बताए । घट,नास्थलबाट पीडितलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो ।

सामूहिक बला,त्कारमा परेका दुई बालिका शारीरिक तथा मानसिक पीडामा छन् । उनीहरू घरबाट निस्कने अवस्थामा नरहेको परिवारको भनाइ छ । ‘शारीरिक तथा मानसिक रूपमा पी,डा कति छ भन्ने शब्दले बताउन सक्ने अवस्था छैन,’ पीडि,तकी आफन्त कलावतीले भनिन् । उनका अनुसार ती बालिकालाई घरमै राखेर अस्पताल लग्दै औषधोपचार भइरहेको छ । सामूहिक बला,त्कार घट,नाको कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । उनका अनुसार घट,नास्थलको मुचुल्का तयार पारिएको र आइतबार अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइनेछ । फरार एक जनाको खोजी भइरहेको छ । ८ जना अभियुक्तले घट,नामा संल,ग्नता रहेको स्वीकार गरिसकेको प्रहरी स्रोतले जनाएको छ । चुहालम्की नगरपालिकामा सो दशैको अवसरमा एक जनाको कु,टपिट गरेर पनि ह,त्या गरिएको थियो ।