surkhet

यसरि तयार हुन्छ नेपालमा नक्कली एक हजारका नोट ,

surkhet

कार्तिक २८ ,काठमान्डौ – सशस्त्र प्रहरी बल नेपालले सिराहाको गोलबजारबाट नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय धिरज यादव, सजय राय र कल्याणपुरका विमलेन्द्र कुमार नायक छन्।

उनीहरुको साथबाट ६ लाख ८४ हजार नक्कली रुपैयाँ बरामद भएको समेत सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास महोत्तरीका डीएसपी गोपी भट्टराईले जानकारी दिए।

Dailekh
Gorkha

केहि दिनयता गोलबजारस्थित स्थानीय वीरेन्द्र महतोको घरमा शंकास्पद गतिविधि भएपछि सशस्त्र प्रहरी सुरक्षा बेसबाट खटिएको टोलीले विशेष निगरानी बढाएको थियो।

प्रहरी टोलीले खान तालासी गर्दा रु १ हजारका जाली नोट ,ल्यापटप ,मोटरसाइकल,पनि प्रहरीले बरामद गरेको बताएको हो।

घर भाडामा लगेर उनीहरुले नक्कली नोट छापेको र नकली नोट बजारमा साटेर सक्कली नोट हात पार्न खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ।

पक्राउ परेका ३ जनालाई नजिकैको इलाका प्रहरी कार्यालय गोलबजारले शसस्त्र प्रहरी बुझाएको प्रहरीको भनाई छ । पछिल्लो समय नेपालका विभिन्न स्थानमा नक्कली नोट छाप्ने ब्याक्तिहरुलाई प्रहरीले पक्राउ गर्ने गरेको छ।

 

salyan