‘अचानक भएको घ,टना’होईन आत्महत्या गरेका हुन्

१ मङ्सिर- जापानी अभिनेता अकिरा कुबोदेराको ४३ वर्षको उमेरमा निध,न भएको छ । जापानी मिडियाले उनले आ,त्म,ह,त्या गरेको समाचार प्रशारण गरेका छन् । कुबोदेरा कोटियोस्थित आफ्नै निवासमा शुक्रबार मृ,त भेटिएपछि यसबारे अनुसन्धान गरिएको छ । उनलाई अस्पताल लगिएपछि अस्पतालबाटै मृ,त्युको खबर घोषणा गरिएको हो । प्रहरीको अनुसन्धान अनुसार उनले आ,त्मह,त्या गरेको जापानी मिडियाले जनाएका छन् । उनको एजेन्सीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उनको निधन भएको पुष्टि गरेको हो । विज्ञप्तिमा उनको मृ,त्युलाई ‘अचानक भएको घ,टना’ भनिएको छ ।

साथै उक्त घट,नाबाट परिवार र एजेन्सी विक्षिप्त बनेको बताइएको छ । कुबोदेरा राजधानी टोकियोमै जन्मिएर यहीँ हुर्किएका हुन् । उनी १९९५ मा एक मोडलको रुपमा करिअरमा प्रवेश गरेका थिए । २००३ मा टेलिभिजन सिरिजमा समेत उनले काम गरे । टिभी सिरिज ‘सेलर मुन’मा उनको अभिनयको खुबै चर्चा भयो । सोही कारण उनी लोकप्रिय पनि भए । फिल्म ‘स्ट्रबेरी नाइट’मा अभिनेत्री युको ताकेउचीसँग पनि उनले काम गरेका थिए । जुन फिल्म २०१३ मा सार्वजनिक बनेको थियो ।
जापानमा पछिल्लो समय अभिनेता र अभिनेत्रीहरु आ,त्मह,त्या गर्ने क्रम बढेको छ । यसअघि ४० वर्षको उमेरमा ताकेउची, ३६ वर्षको उमेरमा अभिनेत्री सेइ अशिना र ८० वर्षको उमेरमा अभिनेता ताकाशी फुजीकीले आत्महत्या गरिसकेका छन् । यस्तै गत जुलाइमा ३० वर्षको उमेरमा मिउराले पनि आ,त्मह,त्या गरेकी थिइन् । साथै हान्ना किमुराको २२ वर्षको उमेरमा गत मे महिनामा नि,धन भएको थियो ।
