सल्यान बनगाड कुपिन्डे ९ का वडा अध्यक्ष अर्काकी श्रीमति सहित सम्पर्क बिहिनी,वडाध्यक्षको तेस्रो बिबाह
५ मङ्सिर ,काठमाडौ । सल्यानमा एक वडाध्यक्ष फेरी तेस्रो बिहे गरेका छन् । सल्यान बन्गाडकुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्र कुमाईले अर्काको श्रीमति गाउँकै महिला गौरी बोहरालाई लिएर हिडेका हुन् । गौरी बोहोरा पनि बिबाहित महिला भएको बताएका छन्।
वडाध्यक्ष इन्द्र कुमाईको पनि दूई पत्नी हुँदाहुँदै अर्कैकी श्रीमति लिएर हिडेपछि गाउँमा उनको चर्चा भएको छ। अर्काको श्रीमति लिएर सम्पर्क बिहिनी भएका ईन्द्र कुमईलाई खोज्दिन प्रहरी समक्ष परिवारले अपिल गरेका छन् ।
दुवै जनाको खोजि कार्य भैरहेको र खोज्नका लागि लागि सबै नाकाहरुमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले जानकारी दिएका छन् । यसअघिका पत्नीहरुले प्रहरीमा उजुरी दिएपछि बहुविवाहको मु द्दा अघि बढाउने तयारी गरिएको छ। ५२ वर्षीय वडाध्ययक्ष कुमाईकी पहिलो पत्नीबाट दुई छोरी र दोस्रोबाट दुई छोरा छन्। वडाध्यक्ष इन्द्र अहिले सम्पर्क बाहिर रहेको प्रहरीले जनाएको छ।