जाडोमा ओठ फु*ट्ने समस्या छ? हेर्नुस् यस्तो छ यसको कारण र समाधान
काठमाडौं । जाडोको मौसम सुरु भएसँगै चिसो मौसममा अधिकांशलाई ओठ फु’ट्ने समस्याले सताउँछ। जाडोको समयमा हावा सुख्खा हुने र यसको स्पर्श छालामा पर्दा छाला पनि सुख्खा हुने विज्ञहरु बताउँछन्। जाडोको समयमा सुख्खा हावा बाहेक अन्य कारण पनि ओठ फु ट्ने समस्या आउँछ। तर अन्य धेरै कारण हुनसक्छन् जसले ओठ फु ट्न सक्छ। हेर्नुहोस् अन्यकारणहरु यस्ता छन्।
१) केही मानिसहरुको बारम्बार जिब्रो ओठमा दल्ने बानी हुन्छ। जिब्रोमा भएको थुक ओठमा लगाउँदा ओठमाथिको छाला थुकका कारण सुक्न थाल्छ र ओठ झन् धेरै फु ट्छ।
२) अत्यधिक अमिलो खानेकुरा खाँदा पनि ओठ फु ट्ने समस्या आउँछ। यस्ता खानेकुरामा हुने अ म्लि य तत्वका कारण छालालाई धेरै सुख्खा बनाउने हँदा ओठ फु ट्न सक्छ।
३) शरीरमा पानीको मात्रा कम भएमा पनि ओठ फु ट्छ। पानी हाम्रो शरीरका लागि अत्यावश्यक पदार्थ हो। प्यास नलागेसम्म पानी नपिउँदा यस्तो समस्या देखापर्छ।
४) कहिले काँही र क्सीको धेरै से व न गर्दा पनि ओठ फु ट्ने समस्या आउँछ।
५) ओठ धेरै नै कोमल हुन्छ। त्यसैले बोल्दा,बातचित गर्दा शरीर भित्रको हावाको स म्प र्क मा लगातार आउँछ र ओठ नरमपनामा कमी आउँछ।
जाडोको समयमा ओठ फुट्नबाट बच्न घरबाट बाहिर निस्किदा घिऊ,मह,नरिवलको तेललगायत चिल्लो पदार्थ लगाउनुपर्छ। ‘समय–समयमा ओठमा लिप बाम लगाउनुपर्छ। भिटामिन ई भएको लिपबाम लगाउनु राम्रो हुन्छ’। चिसो मौसममा ओठ मात्र नभएर छाला पनि फुट्ने भएकाले प्रशस्त मात्रामा पानी पिउनुपर्छ।