विवादमा परेको चलचित्र ,,दि कर्माको,, धमाधम पोस्टप्रोडक्सन प्रदर्शन ,,

जेठ ४ -छायांकन हुनुभन्दा विभिन्न कारणले चर्चा र विवादमा रहेको चलचित्र ‘दि कर्मा’को हाल धमाधम पोष्ट प्रोडक्शनको काम भैरहेको छ ।

चलचित्रको पोष्ट प्रोडक्शनको काम चलिरहेको समयमा यो चलचित्रमा ३ चर्चित अनुहारले काम गरेको खुलाइएको छ ।

चलचित्रको घोषणादेखि नै नायिकाको खोजी गरिएतापनि छायांकन सकिदासम्म निर्माणपक्षले यस बिषयमा जानकारी दिएको थिएन ।

चलचित्रको निर्माणपक्षका अनुसार, भारतका मोडल करण बर्मा मुख्य नायकको रुपमा देखिदैछन् ।  नायिकाद्धय नीता ढुंगाना र परमिता आर एल राणा  वुद्दि तामाङको पनि मुख्य भूमिका छ ।

चलचित्रको छायांकन तराईको भू भागमा र भारतको सिक्किममा भैरहेको छ , नेपाल र भारत सिमा क्षेत्रमा हुने घटनालाई यो चलचित्रले चित्रण गरेको छ ।

देवकुमार श्रेष्ठले निर्देशन गरेको चलचित्रलाई रामेश्वर कार्कीले खिचेका छन् , चलचित्र भदौमा रिलिज गर्नेगरि छायांकन कार्य तयारी भयको छ।

चलचित्रलाई  जय राज रायले निर्माण गरेका हुन् ,उनका अनुसार  कलाकारको भूमिका गीत आयपछी  मात्र खुलाइनेछ ।