ट्रेनडिङ्को पछि लाग्दिन काल झैँ गित गाउछु राजु परियार ,

मंसिर १५ – काठमान्डौ – नेपाली गित संगीतका तेसैमा नेपालीको पहिचान लोक दोहोरिका बाद्शाह भनेर चिनिने गायक राजु परियारले काल झै गित गाउने गरेको बताए ।

गित संगीतको बजारमा अहिले आफू ट्रेन्डिङको पछि नलाग्ने र आफुले दर्शक श्रोताहरुको लागि काल झै बन्ने गित गाउने गरेको रंग दर्पनलाई बताउछन ।

सदैव लोक पहिचान ,लोक भाका, ठेट नेपाली चलन्चल्ती भाषका गित आफुले गाउने र यस्ता गित युगौ युग बाचीराख्ने उनी बताउछन ।

बजारमा आउने सस्तो टिकटक र बुस्ट ट्रेन्डिङको पछि म लाग्दिन उन्ले भने । गित संगीतको बजारमा सबै कलाकारलाई म सम्मान गर्छु आ आफ्नो कला प्रस्तुत गर्ने हो कुन गित बजारमा दर्शकले मन पराउछन त्यो भन्न सकिन्न ।

यधपी अन्त्य्मा जसरी भएपनि हामी नेपालीको पहिचान भनेको लोक भाका नै हो जस्ले हाम्रो पहिचान विश्वमा चिनाउने गरेको छ यो धार कसैले छोड्नु हुन्न उनले भने ।

तेस्तै लोकदोहोरी गितका युग भनेर समेत राजु परियारलाई दर्शकले चिन्ने गरेका छन्। उनका हजारौ गित सदाबहार र चर्चित छन्।

पछिल्लो समय राजु परियार गित संगीत सगै लाईभ दोहोरिमा समेत ब्यस्त देखिन्छन।राजु परियारका पछिल्लो चरणमा सयौ गित आउने चरणमा छन् ,