शोक प्रस्ताव पारित गरेर नेकपा बैठक स्थगित ,

मङ्सिर २८ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक नेता कमान सिं लामाको निधनमा शोक व्यक्त गरेर टुङ्गिएको छ ।स्थायी कमिटिको बैठक पुष १ गते सम्म स्थगित भएको छ।

प्रधानमन्त्री निवास वालुवाटारमा दिँउसो सुरु भएको बैठकमा प्रधानमन्त्री ओलिपनि सहभागी भएका थिए। मङ्सिर २१ गते बसेको बैठक आईतबार सम्मको लागि स्थगित गरिएको थियो।

आजको बैठकमा दुई अध्यक्षले आफ्ना प्रस्तावमाथि व्याख्या गर्ने र त्यसपछि सचिवालयका सदस्यहरुले धारणा राख्ने कार्यसूची थियो ।

प्रधानमन्त्री ओली गत आइतबारको बैठकमा अर्का अध्यक्ष दाहालको प्रस्ताव छलफलका लागि योग्य नभएको भन्दै अनुपस्थित भएका थिए ।

मंसिर २८ को सचिवालयमा दाहालले १९ पेजको प्रस्ताव पेस गरेपछि ओलीले मंसिर १३ को बैठकमा ३८ पेजको जवाफी प्रस्ताव पेस गरेका छन् । दुवै प्रस्तावमा एक अर्कामाथि आरोप लगाइएका छन् ।