पार्टी प्रवक्तालाई अनावस्यक रुपमा मुछ्ने प्रयास नगर्न प्रचण्डको आग्रह ,
मङ्सिर २८ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) को स्थायी समितिको बैठकबाट अध्यक्ष प्रचण्डले अनावश्यक रुपमा पार्टी प्रवक्ता नारायणकाजि श्रेठलाई मुछ्ने प्रयास नगर्न आग्रह गरेका छन्।
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले लामा र हाइड्रो पावरको सेयर विवादमा पार्टी प्रवक्तालाई मुछेर अनावश्यक प्रचार गरिएको भन्दै भ्रममा नपर्न समेत आग्रह गरेका हुन् ।
लामा र सम्बन्धित हाइड्रोको व्यक्तिलाई सँगै राखेर आफूले पनि कुरा गरेको र प्रवक्ताले पनि तपाईंहरू मिल्नुस् भन्नेबाहेक अरू कुनै कुरा नगरेकाले भ्रममा नपर्न दाहालले आग्रह गरे ।
लामाको निधनपछि उनको परिवारले सेयर विवादसम्बन्धी अडियो भिडियो सार्वजनिक गरेको थियो । त्यसमा प्रवक्ता श्रेष्ठ मध्यस्थकर्ताको भूमिकामा देखिएको भन्दै अर्नलग्न प्रचारबाजी गरिएको छ।
श्रेष्ठले पनि विवाद मिलाईदिनका लागि पहल मात्र गरेको स्पस्ट पार्दै आईरहेका छन्। आजको बैठकमा हाइड्रोपावरको व्यवसायिक विवादमा व्यक्तिलाई अनावश्यक नमुछ्न प्रचण्डले आग्रह गरेका थिए ,यो विषयमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली भने मौन थिए ।
कमानसिंह प्रकरणमा नेकपाभित्रको गुटगत विवादको बाछिटा देखिएको छ भने यही बाछिटाका कारण ओली समूहबाट श्रेष्ठबाट हमला हुँदै आएको नेकपाकै नेता कार्यकर्ता बताउँछन् । नेकपाको स्थायी समितिको बैठक पुष १ गते बस्ने गरि स्थगित भएको छ।