suekhet
bheriad

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजबाट २१ घण्टा सुचारु हुने ,,

lekabesi

जेठ,७ काठमाडौं – नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजबाट दैनिक २१ घण्टा सञ्चालनमा आउने भएको छ ।

यो भन्दा पहिलेबाट विमानस्थल दैनिक १८ घण्टा सञ्चालन हुँदै आएकोमा थप तीन घण्टा बढी सञ्चालनमा ल्याइएको हो ।

पर्यटन मन्त्री रविन्द्र अधिकारीले एक सय दिने कार्ययोजना सार्वजनिक गर्दै दैनिक २१ घण्टा विमानस्थल सञ्चालन गर्न निर्देशन दिएका थिए ।

उनको निर्देशनअनुसार अन्तर्राष्ट्रिय विमानस्थल पहिलोपटक २१ घण्टा सञ्चालनमा ल्याउन सुरु गरिएको हो ।

दैनिक २१ घण्टा विमानस्थल सञ्चालन हुँदा उडान अवतरणको चाप घट्ने र आकाशमै जहाजलाई ‘होल्ड’ गर्नुपर्ने समस्या समाधान हुने विश्वास छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताय अनुसार ‘हिजोसम्म साढे १२ बजेसम्म सञ्चालन हुँदै आएको विमानस्थल आजबाट बिहान ६ बजेदेखि अर्को दिन बिहान तीन बजेसम्म सञ्चालन हुन्छ ।

त्रिभुवन विमानस्थललाई २१ घण्टा सञ्चालन गर्न चाहिने एटीसीलगायत आवश्यक जनशक्ति व्यवस्थापन भइसकेको क्षेत्रीले बताए । उनका अनुसार बोर्ड बैठकले अतिरिक्त समय खटिने कर्मचारीहरुलाई प्रोत्साहन भत्ता दिने निर्णय पनि गरिसकेको छ ।

सरकारले विकल्पको रुपमा अर्को अन्तर्राष्ट्रिय विमानस्थलको खोजि पनि गरेको छ ।, यसको लागि उपयुक्त ठाँउ काभ्रेमा भयको पनि सर्वेक्षन समितिले जनायको छ ,।

एकमात्र विमानस्थल रहदा एरपोर्टमा सानो समस्या आउँदा पनि मुलुक बाहिर बाट आउने र भित्रिने विमानलाई अवतरण गर्न कठिन भयको छ ।,