Gold

निकुञ्ज नजिकै सडक पार गर्दा गाडीको ठक्करबाट पाठे बाघको मृत्यु ,

Naumule Migrate

पुष १८ ,काठमान्डौ – पर्सा राष्ट्रिय निकुञ्ज नजिकै तिब्र गतिमा हॉकेको गाडीले सडक पारगर्दै गरेको पाटे बाघलाई आज बिहान ७ :३० बजे ठक्कर दिएर मारेको छ।

सिमरा देखि हेटौंडा जाने बाटोमा गुडिरहेको प्राईभेट गाडीले जीतपुरसिमरा उपमहानगरपालिकास्थित पथलैया राजस्व ढाटबाट नजिक बाघलाई टक्कर दिएर भागेको हो।

निकुञ्ज वरिपरि तीव्र गतिमा सवारीसाधन हाक्न मनाही छ भनेर होर्डिंग बोर्डिङ्ग राखीएपनि तिब्र गतिमा सवारीसाधन हाक्ने गरेको पाईन्छ।

उक्त क्षेत्रमा सिसिटिभी क्यामेरा पनि जडित छन् ,कुन कसको गाडीले बाघलाई ठक्कर दिएर भाग्यो भन्ने क्यामेरा मार्फत अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ।तस्विर :समाजसेवी भिम उपाध्या ,

Naumule Badhipahiro