काठमान्डौमा तत्काल संकटकाल लगाउनुपर्ने विज्ञको सुझाव ,विश्वका सबैभन्दा प्रदुषित सहरको अग्रस्थानमा,

पुष २१ ,काठमान्डौ – काठमाडौं विश्वका सबैभन्दा प्रदुषित सहरको अग्रस्थानमा देखिएको छ। हिंजोदेखि काठमाडौं उपत्याकामा बायु प्रदुषण अत्यन्तै बढेको छ।चिसो, घाम तथा हावा नलागेको कारण बायुमण्डलमा भएका धुलो तथा धुंवाका कणहरु सतहको नजिक थिग्रिएको अवस्था छ।

यो प्रदुषणको कारण काठमाडौंमा आँखा पोल्ने, रुघा लाग्ने, खोकी लाग्ने, छाला चिलाउने लगायतका लक्षण अल्पकालीन रुपमा देखिएका छन् भने मुटु, फोक्सो तथा मस्तिष्कमा हुने खराब असर दीर्घकालमा देखिन सक्ने जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले बताए।

नेपाल सरकारले बायुप्रदुषण Air Quality Index ३०० भन्दा माथि पुगेमा १ बर्षको लागि आपतकालीन अवस्था घोषणा गर्नसक्दछ। गत वर्ष भारतमा प्रदुषण बढेपछि जनस्वास्थ्य संकटकाल लगाइएको थियो भने आम नागरिकलाई मास्क वितरण गरेको थियो, त्यस्तै बेइजिंगमा बार्बिक्यु समेत गर्न नपाइने लगायतका कडा नियम जारी गरेको थियो।

Air Quality Index ३०० भन्दा माथि पुगेमा जनस्वास्थ्य संकटकाल लगाउने ब्यबस्था भएकोमा हिंजो काठमाडौंको Air Quality Index ४८७ पुगेको थिय। कोरोना संक्रमणको लागि बायु प्रदुषण, फोक्सोको समस्या तथा जेष्ठ उमेर बढी जोखिम मानिन्छ। यो खालको प्रदुषण नियन्त्रण नगरेमा कोरोना संक्रमितहरुलाई थप जोखिम हुनसक्छ।

तत्काल प्रदुषण नियन्त्रण गर्नको लागि सरकारले केहि दिन गाडी जोरबिजोर चलाउने, मालबाहक ट्रकलाई चेक गरेर तथा सफा गरेर मात्र सहरमा प्रवेश गर्न दिने, मापसे चेक गरेजस्तै धुँवा फ्याँक्ने गाडीलाई चेक गरेर मर्मत सम्भार गर्न लगाउने, स्थानीय निकायसंग समन्वय गरेर धुलो हटाउने अभियान संचालन गर्ने, हरियाली प्रबर्धन गर्ने लगायतका काम गर्नुपर्ने पाण्डेले सल्हा दिए।

यस्तो प्रदुषणको समयमा आम नागरिक सकभर घरमा बस्ने, घरबाहिर निस्कँदा गुणस्तरीय मास्क लगाउने तथा जोखिम बर्गलाई बिशेष ख्याल गर्नुपर्ने हुन्छ।

बायु प्रदुषणले फोक्सो, मुटु तथा मस्तिष्कलाई गम्भीर असर गर्ने र क्यान्सर मनोरोग आदिको पनि कारक तत्व भएको हुनाले सबै साबधान रहनुपर्ने पाण्डेले बताएका हुन्।