Gold

केपी ओलीलाई वालुवाटारबाट निकाल्न युवा संघले लाठ्ठी बोकेर जाँदै ,

Naumule Migrate

माघ १४ ,काठमान्डौ – प्रतिगमनकारी केपी शर्मा ओली र उनका साईबरसेना विरुद्द युवा संघले आज माइतिघर मण्डलामा प्रदर्शन गर्ने जानकारी गरेको छ। संघले हिजोपनि लैनचौरबाट सिटि जुलुस निकालेर बसन्तपुरमापुगेर कोणसभा गरेको थियो।

तेस्तै युवा संघले माघ २२ गते काठमान्डौमा लाठ्ठी जुलुस निकाल्ने २३ गते काठमान्डौमा मार्चपास र खबरदारी गर्ने युवा संघक सहसंयोजक रंजित तामाङ्गले बताए।

तेस्तै केपी शर्मा ओलीले जहिले सम्म सत्ता छोड्दैनन तब सम्म आफ्नो आन्दोलन जारि रहने संघले बताएको छ ,अहिले आफुहरुले प्रतिगमनकालागि सिटि जुलुस ,राके जुलुस ,लाठ्ठी जुलुस सामान्य गरिरहेको पनि तामाङ्गले बताए।

तेस्तै ओलीले अहिले राज्य सत्ताको रकम दुरुपयोग गर्ने र विभिन्न स्थानमा पुगेर मान्छे किन्ने गरेको आफुहरुले एक एक हिसात किताब गर्ने उनले बताए।

केपी ओली जेल पुगेपनि तेस्को हिसाब उनका मतियारले तिर्नुपर्ने छ ,घिसारेर सडकमा ल्याउनेछैनौ,वालुवाटारबाट निकालेर बालकोट नपुर्याएसम्म आफुहरुको आन्दोलन कम्जोर नहुने पनि तामाङ्गले बताए।

Naumule Badhipahiro