वैवाहिक जीवनमा बाँधिईन गायिका अन्जु पन्त ,तस्विरमा हेर्नुहोस ,

फागुन १३ ,काठमान्डौ – गायिका अन्जु पन्त थिर कोईरालासंग आज वैवाहिक जीवनमा बाँधिएकी छिन् । अन्जु र थिर एक बर्षदेखि प्रेम सम्बन्धमा थिए ।

दुबै जनाको परिवारको उपस्थिती र सिमित मानिसको बीचमा हामि वैवाहिक बन्धनमा गाँसीएका हौ कोरोनाका कारण धेरैलाई बोलाउन सकीएन गायिका पन्तले रंग दर्पणसंगको कुराकानीमा बताईन।

अन्जु र थिरको बिहेको चर्चा केहि महिना अगाडीपनि बाहिरिएको थियो तर उनीहरुले मिति भने तय गरेका थिएनन। गायिका अन्जु पन्त र थिर दुवै क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पाटनको चर्चमा बिहे गरेको पनि अञ्जुले बताईन ।

गायिका पन्तको यो दोश्रो विवाह हो ,उनको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । उनीबाट एक छोरी छिन ,अन्जु पन्त छोरी परितोशिकासँग बस्दै आएकी उनले केहि महिना अगाडि छोरीकै दबाबका कारण बिहेको बिषयमा सोचेको पनि बताएकी थिइन् ।

तस्विर :गायिका अन्जु पन्तको सामाजिक संजालबाट ,