वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलकोपद जोगियो ,
चैत १८ ,काठमान्डौ – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पद जोगीएको छ। पौडेलविरुद्द अविश्वासको प्रस्ताव फिर्ता लिएपछि ओङ्को पद सुरक्षित भएको हो।
गत पुष १० गते नेकपा एमालेका २२ र माओवादी केन्द्रका २३ सांसदले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको मत पेश गरेका थिए। माओवादी र एमाले नेपाल – खनाल समूहका सांसदले मुख्यमन्त्रीका रूपमा नेत्री अष्टलक्ष्मी शाक्यलाई अगाडि सारेको थियो ।
वाग्मतीमा ५७ सांसद रहेको एमालेको एकल बहुमत छ । वाग्मतीमा सरकार गठनका लागि ५६ मत आवश्यक पर्छ । तेस्तै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराइएको अविश्वास प्रस्ताव पनि फिर्ता भएको छ । तेअतै आज नेकपा एमालेको बागमती प्रदेशसभा संसदीय दलको बैठक बुधबार दिउँसो काठमाडौंमा बस्ने भएको छ ।