मन्त्री बन्ने जसपाका सांसद पार्टीबाट निलम्बन ,राजिनामा नदिए सांसद पद निलम्वन हुने ,

बैशाख ६ ,रुपन्देही – जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश समितिले पार्टी निर्णय विपरीत सरकारमा जाने चार सांसदलाई पार्टीबाट निलम्बन गरेको छ ।
नेतालाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधेको र राजीनामा गरेर फिर्ता नभए सांसद पद निलम्बनको प्रक्रिया अघि बढाइने पनि पार्टीले चेतावनी दिएको छ ।
जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार विज्ञप्ति जारी गरी मन्त्री पदको सपथ लिएका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालसँग स्पष्टीकरण माग गरेका हुन् ।
जसपाले सरकारमा मन्त्रीको शपथ ग्रहण गरेका सन्तोष कुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझीलाई पार्टीको निर्णय विपरीत मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारबाट फर्कन निर्देशन गरेको हो ।
