नागरिक अघोर निराशामाः केपिको नेतृत्व असफल ,

बैशाख ६ ,काठमान्डौ – वर्तमान नेपालको राजनैतिक अबस्थाले आम नेपाली नागरिकहरु रुमलिएर-आश्चर्यमा परिरहेका तथा राजनैतिक रुपमा कुहिरोको काग भईरहेका छन् । उनिहरु यति पनि ज्ञात राख्दैनन कि अवको खास राजनैतिक चुरो के हो ? कथित पार्टीका भाट गाईने शेरोगेशी दलाल वग्वादीहरु सवै जना हो म हो गरिरहेका छन् ।
नेत्राल र कर्णकान्तको कथा भित्रको राक्षस झै हात्तिको मासु खाने सपना देखि तिग्रा ठटाईठटाई मदिरामा लठ्ठ परि नाचँरहेका छन् । सवै खाले ब्यवस्था भोगिरहेका- भोगिसकेका अभ्यस्त हामी नेपालीजनहरु अवको राजनैतिक दिशा र ब्यवस्था कस्तो हुने हो?
देशको मानचित्र र मार्गचित्र के कस्तो हुने हो आश्चर्य चकित छौ । अाम नागरिकहरु र सिङ्गो देश विखलन्दमा परिरहेका छन् ता पनि तुलनात्मक रुपमा अरु पार्टी र नेता भन्दा वर्तमान प्रधान मन्त्रि केपि शर्मा ( खडग प्रसाद शर्मा वली सायद नेपालमा मात्र नेताहरुको विभिन्न छद्मम भेषी नाम हुन्छ ।)

उनी त्रिपन्न घुसा वउन्न लोक र हन्डर खाएपछि पश्चातापका कारण केही लचक तथा अनुदार देखिन्छन्-यसैले हुनसक्छ- जनता पनि भलै उनिप्रति निम्नतम आशावादी देखिन थालेका छन ।
यसो भनेर यिनको तेर्हथुम देखि वालकोट सम्मको राजनैतिक जिवनमा उनले गरेका लिला र उचाँलेको खड्गको भनी साध्य छैन -यतिखेरको यो प्रशंङ्ग पनि होईन यसको त ईतिहासले फैसला गर्ला -अपितुः उनमा राजनितिज्ञमा हुनुपर्ने गुणको झलक चै पाईन्छ – पाईन थालेको छ-भलै उनले जतिसुकै राजनैतिक अपराध गरेकै हुन ?
यो नेपालीको सनातनि धर्म हो सुध्रिएर आउनेलाई सातखत माफी दिने सनातनि चलन नेपालीको गज्जव काईदाको छ । महाकाली टनकपुर सम्झौताका नाईके (भो अरु घटना याँहा उल्लेख नगरौ ) वलि वकम्फुसे काल्पनिक र वगवादी कुरा र गफ गरेरै भएपनि आम नागरिक लगायत याँहाका कथित वुद्धिजिविहरुलाई भ्रममा पार्न सफल राजनितिज्ञ हुन् । हुदाहुदा अहिले त भारतको रोल नै संयम वलिले गरिरहेका छन् ।
भारतले जसरी राणाकाल देखि केपि आउनु पुर्व सम्म राजाको हाउगुजी पार्टीलाई र पार्टीको हाउँगुजी राजालाई देखाएर भारतले वडो कलात्मक राजनिति नेपाल माथि गर्थ्यो- गरिरहेको छ । त्यो नीति वर्तमानमा केपिले गरिरहेका छन् – यसको सिधा अर्थ यो हो नेपालको राजनिति भारतको मुठ्ठी वाट पनि करिव करिव फुत्किसकेको छ ।
अनि पश्चिमाहरुको हातमा पुगि सकेको छ- नेपालीहरु सयोंदिन देखि दैनिक नियतिमा साहुको ऋण खाएर तिर्न नसक्दा आफनो घरखेत गुमाएका विर्सदै छन् र पो विदेशीको ५० हजार डलर ऋण पनि विर्सदै छन खै के पो दिएर तिर्ने हुन?घरखेतले पुग्दैन ५० नाघेसी के हुन्छ?आगे जनता जनार्दनको ईच्छा ?
केपिले यसमा वडो रोमान्चत्कारी राजनैतिक भुमिका तथा गेम खेलिरहेका छन ।सानो गेमको स-प्रसंङ उधाहरण जो याँहाउल्लेख गर्न वान्छनिय छ- उनि पार्टीहरुलाई राजाको ध्वांस र राजालाई पार्टीहरुको ध्वांस दिन्छन कहिले राजावादि मौलिक नेपालवादि त कहिले कट्टर पादरी-यो उनको गज्जवको तुजुब्ब लाग्ने उखान छ- तिल्के र मिल्के गोरुको कथा नभए घ्यू वेचुवा र तरवार वेचुवा कथा जस्तो छ ।

यस अर्थमा वहकिएका विदेशी सिदान्तमा वानी परि देश र जनता विर्सिएका आम सज्जन नागरिक राष्ट्टभक्तहरु एक ढिका हुनुको विकल्प छैन । यो गेम खेल्न देउवा माधव- प्रचण्डहरु पनि चाँहान्थे परन्तुः यो भाग्य अरुको काहाँ? सायद विधाता लेखी दियौ-केपिको भागमा पर्यो ।
अझै समय टरेको छैन-आशा गरौ-साईतको तिथि आउँदैछ । केपिले अवको नेपालमा हुने घृणित राजनिति र विदशीको हस्तक्षेप टार्न व्रमास्त्र मार्फद नेपालको राजकाज राजालाई बुझाई देश जोगाउने छन् ईतिहास बनाउने छन – अपितुःलाग्छ कचहरि यो काम गर्नवाट केपिलाई निरस्त पार्नलाई चक्रब्यूहको रचनामा जुटिसक्यो-यसलाई उनले परास्त गरि वरु साहसी र वदनामी जंङ्गवहादुर हुने आँट गर्नु पर्छ।
– कनभने देश जोगाउने यस्तै प्रकृति भएका ब्यक्तित्वहरुले हो अरु त आम सामान्य नागरिक भईहाले नि?यति पनि गरेनन् भने गिरिजा( मलाई खास मन नपर्ने नेपालको कागताली नेता सायद अरु तीन करोड नेपालीलाई मन पर्न पनि सक्छ – जसलाई विपि जस्ता महा मानवले हल्दार भन्थे ।)को झै गुमनाम हनेछन र असफलको पगरि लगाउने छन । नभए लेन्डुप हुनेछन् ।
नेपाल भु- राजनैतिक र सामरिक दृष्ट्रिकोणले संसारकै शक्ति सम्पन्न राष्ट्रहरुको पनि निशाना वन्न थाल्यो ।दोश्रो विश्व युद्ध पछि संसारमा मानव अधिकार र प्रजातन्त्रको नाममा एक छत्र राज गर्न पल्केको अमेरिका यतिखेर चिन र भारतको आर्थिक राजनैतिक र सामरिक प्रगतिले झस्किरहेको छ ।
यो प्रगतिलाई रोक्नुनै उसको एकमात् उदेश्य-दिब्याअस्त्र हुनेछ र राजनैतिक लक्ष रहेको छ अतहः यसलाई रोक्न नेपालको भुमीमात्र संभव तथा अनुकुल र रोजी छ । यो लक्षको तयारी अमेरिकाको विगत ७० वर्ष देखिको हो । जसरि तसरि अमेरिका र पछि रुस पनि याहाँ छिर्नेछ यो दन्त्य कथा जस्तो भविश्यलाई नेपालीले नजरियाआर्ड गरिरहेका छन ।
किन्तु यसको मूल्य कस्तो होला अहिल्य काल्पना मात्र गरौ भोग्नुत हामी र हाम्रो सन्तान दर सन्तानले छदैछ ।यसको अन्तिम रक्षार्थ दिब्य सहस्त्र कवज भनेको राजसंस्था मात्र हो । नेपाल देश वनाउने संस्थानै सकाए पछि अरु सकाउन के को म जन्मेको वार? वदेशीको यस्तो भंङ्कर नेपालकोअन्त गर्ने कु-चाल? नेपाल र नेपाली नागरिकले यस्ता षडयन्त्रलाई हल्का रुपले लिने भुल नगरौ ।
यस्तो कुटिल चाँललाई सन्तुलनमा राखी चिन र भारतलाई समेत समदुरीमा- सन्तुलनमा राख्न नेपालीले राजसंस्था सनातनि मौलिक नेपाल जोगाउनको लागि जस्तोसुकै परिस्थितिको सामना गर्न नि अब ढिला गर्नु हुदैन ।
यो उदेश्यलाई विजय उन्मुख गराउन पश्चिमा लगायत विदेशीहरुले यहि प्रसंगमा मौलिक सनातनि मानव सभ्यताको उदगम स्थल प्राचीन नेपाल संसारकै अद्धितिय स्वर्ग झै सुन्दर र याँहाको राजनिति- राजसंस्था लगायत समुल सनातनि नेपालनै नष्ट गर्ने चालवाजीमा याहाका पार्टीहरुलाई परिवर्तन र मानवअधिकार प्रजातन्त्रको नाममा विदेशीको कल्ब वनाएर विदेशी डलर खाएर नराम्रो संग फसेर काम ग्ने आदेश गरे- र यनहरुले खुरुखुृ गरे- राणाहरुले राखेको मृत्यु दन्डको प्रावधानलाई आज संसारकै प्रजातन्त्र र मानवअधिकार को दुहाई दिने देशमा राखेर-उनिहरुको त्यो प्रगति भएको छ ।
हामी कति प्रजातान्त्रिक मानवअधिकारवादी भएछौ त ।? हामीले पनि पृथ्वीनारायण शाहको प्रजातान्त्रिक मानवअधिकारको नितिलाई अगाडि वढाँउनु पर्थ्यो तर त्यो हन सकेन । जसको फलस्वरुप हामी आजको अवस्थावाट गुज्रिरहेका छौ ।
यी कथित नेता र विदेशीका सेरोगेशी यिनिहरुको तत् तत् अन्तिम ईच्छानै तीन र हो किनभने यति भएपछि देशको छु मतलव? संसारको जुनसुकै ठँउमा वस्न पनि मालिकले छुट दिई हाल्छन । कालो वादलले नपाउनर दुखः भोग्ने तपाईं हामी छदैछौ हामीलाई यहि नियति बनाउने प्रपंच हुदैछ सपूत नेपाल आमाको छोराछोरीहरुले वेलैमा होस पुर्याऔ ।
यो पंक्तिकारलाई लाग्छ- अब पार्टीहरुले चाहेर पनि यो घोर नरकवाट निस्कन सक्दैनन् – यिनिहरुले विदेशीका नुन खाई सकेका छन् । अब यो देशको अस्मिता कायम नै राख्ने हो भने तमाम राष्ट्रप्रेमी नागरिक सज्जन पार्टी भित्रका वाहिरका स्वतन्त्र नागरिक समाज सवै मिलेर देशको चौतर्फी विकाश तथा उन्नतिको लागि हातमाहात साथमा साथ गरि नेपालको पुनहः एकिकरणको मौजुदा आन्दलनको विकल्प छैन । यो व्यबस्था जति रह्यो नेपाल त्यित छिटै विघटनको नजिक पुग्छ । हामी सवै नेपाल आमाका सन्ततिहरुले वलैमा होस राखौ । अस्तुः
राजन कार्की ,
