कोभिड अस्पतालमा आगलागी, १२ जनाको निधन ,
बैशाख १० ,काठमान्डौ – भारतको मुम्बईस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १२ जनाको निधन भएको छ । मुम्बईको विरारस्थित विजय वल्लभ अस्पतालको आईसीयू वार्डमा आगलागी भएको हो ।
आगलागीबाट अस्पतालमा उपचार भईरहेका १२ जनाको निधन भएको भारतीय समचार माध्यामहरुले उल्लेख गरेका छन्। शुक्रबार बिहान करिब साढे ३ बजेतिर आगलागी भएको हो ।
अग्नि नियन्त्रक र प्रहरीको टोली घटनास्थलमा पुगेर आगो निभाउन सुरु गरेको छ , आगलागीको कारण खुलेको छैन ।