कोरोना महामारीको बेला सरकार उद्घाटन र शिलान्यासमा ब्यस्त देखियो प्रचण्ड ,
बैशाख १३ ,काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको स्वास्थ्यमा खेलबाड नगर्न सरकारको ध्यानआकर्षण गराएका छन्।
सोमबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले (कोभिड–१९) को दोस्रो लहरको महामारी फैलिएको घटनाले सिंगो देश आक्रान्त भएको बेला जनतालाई राहत दिन केन्द्रित हुनुको सट्टा वर्तमान सरकारको शिलान्यास र उद्घाटनमा केन्द्रित हुनले कतै अफ्ट्यारो दिनको सामना गर्नुपर्ने त होइन भन्ने प्रश्न गरेका छन्।
तेस्तै महामारीको सबैभन्दा बढी मार श्रमजीवि जनसमुदायलाई पर्ने भएकोले उनीहरुका लागि खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था मिलाउन प्रचण्डले तिनै तहका सरकारलाई आग्रह गरेका हुन् ।
तेस्तै यस्तो महामारीको बेलामा आधिकारिक सूचना तथा संदेश प्रभाव गरि नेपाली पत्रकारिता जगतले आफ्नो महत्वपुर्ण भूमिका खेल्ने नरवहा गर्नपनि प्रचण्डले आग्रह गरेका छन्। कोरोना समहमारीबाट निधन हुनेहरुप्रति दाहालले श्रदान्जली ब्यक्त गरेका छन् ।