उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन र आईसोलेसनमा बस्नुपर्ने,
काठमान्डौ – काठमाडौं उपत्यकामा प्रवेश गर्नेहरुले जो कोहिले अनिवार्य रुपले क्वारेन्टिन वा होम आइसोलेसनमा बस्नुपर्ने सरकारले निर्णय गरेको छ ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार छलफल गरि जारी गरेको आदेशमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकोले उपत्यकामा प्रवेश गर्ने जो कोहिले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने जनाइएको हो ।
आजै तिनवटै जिल्लाका प्रमुख अधिकारिले काठमान्डौ ,भक्तपुर ,ललितपुरमा बैशाख १६ गते देखि २२ गते मध्यरातिसम्म एक हप्ता निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञामा अत्यावस्यकका चिज बाहेक सबै बन्द गर्न भनिएको छ।
तेस्तै सवारी साधनको हकमा सार्वजनिक एवं निजी सवारी साधनमा रोक लगाइनेछ भने अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्यलाई काठमाडौं प्रवेशमा रोक लगाइनेछ ।