पत्रकार पक्राउविरुद्ध सर्वोच्चमा मुद्दा दायर,
बैशाख १३ ,काठमान्डौ – पत्रकारलाई पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । गैरकानुनी रुपमा उज्यालो नेटवर्क डटकमका पत्रकार दुर्गालाल लामा र कार्यकारी सम्पादक अनिश तामाङलाई प्रहरीले पक्राउ गरेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर निकाय (रअ) का प्रमुख सामन्त गोयलबीच भएको भनिएको विवादास्पद सम्झौताको प्रति भन्दै त्यससँग सम्बन्धित समाचार उज्यालो नेटवर्क डटकमले प्रकाशित गरेको थियो ।
फर्जी भनिएको उक्त सम्झौतापत्र प्रकाशित भएलगत्तै उज्यालो नेटवर्कले माफी पनि मागेको थियो । समचार प्रकासित गरेपछि प्रहरीले आफुलाई धरपक्कड गरेको भन्दै उज्यालो नेटवर्कका सञ्चालकहरु उच्च अदालत पाटन पुगेका थिए ।
उच्च अदालतले तत्कालका लागि उनीहरुलाई पक्राउ नगर्नु भनेर अन्तरिम आदेश दिएको अवस्थामा प्रहरीले हिजो धरपक्कड गर्दै महाप्रबन्धक लामालाई बसुन्धरा र कार्यकारी सम्पादक तामाङलाई कार्यालयको कार्यकक्षबाट पक्राउ गरेको हो । मंगलबार बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुनेछ ।
पक्राउ परेका लामालाई आज पिसिआर समेत गरेको छ। पत्रकार पक्राउ गरिएपछि चौतर्फी सरकारको विरोध गरिएको छ ,पत्रकारलाई स्पस्टिकरण सोध्ने र कारबाही गर्ने निकाय प्रेश काउन्सिल हुँदा हुँदै सरकारले हस्तक्षेप गरेको भन्दै सरकारको चौतर्फी विरोध गरिएको हो।